जेठ, काठमाडौं । बिगत पाँच महिना देखि रिक्त चलचित्र विकास वोर्डको अध्यक्षमा राजकुमार राई नियुक्त भएका छन् । चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका राईलाई आज दिउसो बसेको बैठकले दुई बर्षका लागि बोर्ड अध्यक्षमा नियुक्त गरेको हो ।
राई नियुक्त भएपछी चलचित्रकर्मीको छाता संगठनमा चलचित्र क्षेत्र बुझेको व्याक्तिलाई नियुक्त गरेकोमा सरकारी निर्णयलाई स्वागत योग्य भन्दै धेरै चलचित्रकर्मीले खुसी व्यक्त गरेका छन् । उनलाई सञ्चार मन्त्री मीनेंद्र रिजालले वोर्डको अध्यक्षमा नियुक्ति गरेका हुन् । धर्वेन्द्र मरवैताको पदावधी सकिएको पाँच महिनापछी वोर्डले नयाँ अध्यक्ष पाएको हो । नेपाली कांग्रेस निकटमानिने राई सुरुवाती दिनबाट नै अध्यक्ष पदको आकंक्षी देखिएका थिए । अन्तत उनलाई पार्टिले पनि न्याय गरेको चर्चा सुरु भएको छ ।
यतिखेर राईलाई पदमा नियुक्त भएकोमा बधाई तथा शुभकामना व्यक्ति गर्नेहरु पनि थुप्रै छन् ।