हाँस्य टेलिश्रृंखला ‘के जमाना आ’ असोजबाट हेर्न पाइने

...

भदौ, काठमाडौं । नेपाल टेलिभिन बाट प्रशारण भईरहेका सबै हाँस्य टेलिश्रृंखला बन्द भैरहेका बेला चर्चित हाँस्य टेलिश्रृंखला भद्रगोलमा ‘धतुरे’को भुमिकामा सी.पी. पुडासैनीद्वारा लिखित तथा निर्देशित मनोरञ्जनात्मक हाँस्य टेलिश्रृंखला ‘के जमाना आ’ असोजको तेस्रो सातादेखी हरेक शनिबार राति ९ः३० बजेबाट प्रशारण सुरुहुने भएको छ ।
cp-pudasaini-dhatureयो टेलिश्रृंखला नेपाल टेलिभिजनका लागि स्वर्णिम क्रियशनले प्रस्तुत गर्दै छ । ‘परिवर्तनका लागि हासो’ मुल नारा बोकेर हाँस्य ब्यंग्यको माध्यमबाट राष्ट्रिय लोक संस्कृति र मौलिकताको रक्षार्थ ब्यंग्य प्रस्तुत गर्दै जनचेतना फैलाउने प्रमुख उद्देश्यले तयार पारी प्रस्तुत गर्न लागिएको नेपालकै पहिलो जनचेतनामुलक हाँस्य टेलिश्रृंखला हुने निर्देशक पुडासैनीको दावी रहेको छ ।

करिव दुई बर्ष अघि एक्कासी भद्रगोलबाट हराएका चर्चित हाँस्य कलाकार सी.पी.पुडासैनी (धतुरे) यस टेलिश्रृंखलामा भने फरक भुमिकामा देखिदै छन् बजारमा धतुरेकै भुमिकामा आउने चर्चा चलिरहदा सी.पी.पुडासैनी भने नयाँ भुमिकामा देखा पर्दैछन् ।


नक्कली बाबुरामको भुमिकामा ख्याति कमाएका ज्योति काफ्ले पनि दर्शकहरुमाझ फरक भुमिकामा देखा पर्दैछन् । यस्तै शिरोमणी दवाडी, राधा श्रेष्ठ, शशिबिक्रम थापा, गोबिन्द प्रसाद खतिवडा, रोहनी लामा, बिकासराज पाण्डे, उमेश कुमार केसी लगाएतका पुराना तथा नयाँ कलाकारहरुको बेजोड हाँस्य प्रस्तुति रहनेछ । यस हाँस्यटेलिश्रृंखलालाई गोविन्द प्रसाद खतिवडाले निर्माण गर्न लागेका हुन् भने निर्माण सल्लाहकार बिष्णु नेपाल रहनेछन् ।