‘गोरेटो अनी उस्तै छ गल्ली’का गायक सुनील बर्देवाको निधन

...

भदौ, काठमाडौं । गायक सुनील बर्देवाको निधन भएको छ । कलेजोको समस्याबाट पीडित सुनीलको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको हो ।

sunil-bardewa-singer
उनका गोरेटो अनि उस्तै छ गल्ली, बिहानीमा अनि साँझमा, जब म लगायतका गीत निकै चर्चित छन् । सुनीका एक छोरा र एक छोरी रहेका छन् भने श्रीमतीको केही वर्षअघि नै निधन भइसकेको छ ।


बर्देवाको पार्थिव शरीरलाई श्रदाञ्जलीकालागि बुधबार दिउँसो १२ बजे नेपाल प्रज्ञा-प्रतिष्ठान कमलादीमाराखिने जनाइएको छ । उनको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।