जेठ,काठमाडौं । भुकम्प पिडितहरुको सहयोगार्थ नयाँ पत्रिकाको संयोजनमा चर्चित कलाकार र बरिष्ठ नेताहरु बिचको फुटबल खेल सम्पन्न भएको छ । शनिबार दिउँसो २ बजे पछाडि भएको ९० मिनेटको खेलमा कलाकारहरु र नेताहरु बिच निकै नै घम्सा घम्सी भयो र अन्ततः नेताहरुले कलाकारहरुको बिचमा हार स्विकार गर्नै पर्यो । पहिलो हाफ सम्म कलाकारको तर्फबाट १ गोल हानेका थिए भने दोस्रो हाफ पश्चात कलाकारहरुले नै थप २ गोल हानेर अन्नतः ३-० ले नेताहरु पराजित हुनु पर्यो ।
प्रधानमन्त्री सुशिल कोइरालाले नेताहरुको टोलीको नेतृत्व गरेका थिए भने यस्तै, कलाकार टोलीको नेतृत्व कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका थिए । साथमा कलाकार र नेताहरुको टिममा ५०/५० जना खेलाडी थिए । खेलाडीहरु मैदानमा पसेपछि मात्र राष्ट्रपति डाक्टर रामवरण यादवको उपस्थित भएको थियो र दुबै टोलीका क्याप्टेनलाई राष्ट्रपतिलाई बल हस्तान्तरण गर्दै खेलको उद्घाटन गरेका थिए । राष्ट्रपतिले पहिलो हाफसम्म पुरा खेल हेरेका थिए । पहिलो हाफिमा कलाकारको तर्फबाट मनिराज श्रेष्ठले गोल गरेका थिए । भने दोस्रो हाफ पछि रोशन श्रेष्ठ र नविन केसीले गोल गरेका थिए ।
कलाकारको तर्फबाट मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, राज कुमार राई, प्रमोद खरेल, युवराज लामा, दिनेश डीसी, सुदर्शन थापा, सौगात मल्ल, दयाहाङ राई, चेतन सापकोटान, दिपाश्री निरौला, प्रियंका कार्की, करिश्मा मानन्धर, झरना थापा, पूजा शर्मा, शिवहरी पौडेल, जितु नेपाल, सुनिल थापा, निखिल उप्रेती, सिताराम कट्टेल, केदार घिमिरे, शंकर बीसी, जितु नेपाल, रविन्द्र खड्का, आकाश अधिकारी, कोमल वली, धिरेन शाक्य, दिनेश डीसी, नवल खड्का लगायतले खेल खेले ।
यस्तै, नेताहरुको तर्फबाट प्रधानमन्त्री सुशिल कोइराला, नेकपा एमालेका अध्यक्ष केपी ओली, एमाओवादीका अध्यक्ष प्रचण्ड, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छेदरा, नेकपा माओवादीका अध्यक्ष मोहन वैदले लगायत युवा नेता गगन थापा, मिनेन्द्र रिजाल, बिष्णु पौडेल,डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, माधव कुमार नेपाल, हिसिला यमी लगायतको उपस्थिती देखिएको थियो । आयोजक नयाँ पत्रिकाले यस फुटबल खेलबाट एक करोड कलेक्सन गर्ने उद्धेश्य राखेको थियो । संकलन भएको सम्पुर्ण रकम भुकम्प पिडितहरुलाई हस्तान्तरण गरीने आयोजक नयाँ पत्रिकाको भनाई छ । आजको खेलबाट कति कलेक्सन भएको छ भन्ने विवरण आउन बाँकी रहेको छ ।