आवाजबाट पनि बिजुली निकाल्न सकिने ‘बिजुली मेशिन’ ट्रेलर हेर्नुस्

...

भदौ, काठमाडौं । चलचित्र ‘बिजुली मेशिन’को ट्रेलर सार्वजनिक गरीएको छ । आवाजबाट पनि बिजुली निकाल्न सकिन्छ भन्ने परिकल्पनामा बनेको फिल्म ‘बिजुली मेशिन’ को २ मिनेट लामो ट्रेलर रिलिज गरीएको हो ।

bijuli-mechanine-rajesh-hamalट्रेलरमा महानायक राजेश हमालको बिशेष झलक पनि देखाइएको छ । कात्तिक २६ गतेबाट प्रदर्शनमा आउने यस चलचित्रमा राजेश हमाल, अभिषेक सुवेदी, जिवन अधिकारी, बुद्धि तामाङ, आशिष लुईंटेल, जिवन भट्टराई लगायतको अभिनय रहेको छ । रिसव आचार्य, दिपेन बस्नेत, संजिव कुमार न्यौपाने र बिन्दु तिमल्सिनाको निर्माणमा बनेको यस चलचित्रलाई नविन अवालले लखेका हुन् ।