हङकङमा सुमधुर सांगीतिक सौगात हुने, जाँदैछन् प्रियंका सहित यी चार कलाकार

...

भदौ, काठमाडौं । हङकङमा यहि आउँदो असोज २ (सेम्टेम्बर १८) गते ‘सुमधुर सांगीतिक सौगात’ हुनेभएको छ । हङकङको जोर्डनस्थित ‘योमताई’ हलमा हुने सो सांगीतिक सौगातमा नेपालबाट चर्चित चार कलाकार जाने भएका छन् ।
priyanka karki, melina rai, nir ale magar, badal limbuक्यान्सर पिडितहरुको सहयोगार्थहुने यस कार्यक्रममा नेपालबाट नायिका प्रियंका कार्की, गायिका मेलिना राई, हाँस्य कलाकार निर आले मगर र गायक बादल लिम्बु जानेभएका हुन् । ‘चांगे धर्ति आमा कोष’ संस्था र ‘हंग्री आई रेष्टुरेण्ट एण्ड बार’को संयुक्त प्रस्तुतीमा हुने यस कार्यक्रममा स्थानिय थुप्रै कलाकारहरुको पनि प्रस्तुती रहने कार्यक्रममा संयोजक भद्रकला आबुहाङ राईले बताइन् ।

साँझ साढे ६ बजे देखी सुरु हुने कार्यक्रमबाट उठेको रकम क्यान्सर पिडितहरुको सहयोगमा प्रयोग गरीने कार्यक्रमका अर्का संयोजक चन्द चन्सुले जानकारी दिए ।

कार्यक्रमकी बिशेष आकर्षक नायिका प्रियंका कार्कीको पछिल्लो चलचित्र ‘छक्का पञ्जा’ पनि सोहि दिनमा हङकङमै लाग्ने बताइएको छ । हङकङको बिशेष शोमा पनि प्रियंका कार्की उपस्थित रहने छिन् ।
priyanka karki, melina rai, nir ale magar, badal limbuगायिका मेलिना राईको ‘कम्मर माथि पटुकी’, ‘तिम्ले बाटो फेरेउ अरे’, ‘पल भरमै खुसी’ लगायतका गीतहरु निकै चर्चित छन् । साथै हाँस्य कलाकार निर आले मगर पनि पछिल्लो समय नेपालमा बिभिन्न स्टेज कार्यक्रममा ब्यस्त रहने कलाकार हुन् । कलाकार निर केहि महिना अघिमात्र जापानको कार्यक्रम सकेर फर्किएका थिए । उनको हङकङको यो दोस्रो कार्यक्रम रहनेछ । साथै प्रथम नेपाली आईडल गायक बादल लिम्बुका ‘हराए म तिम्रो’, ‘बुझेन माया’, ‘मैले जसको’, ‘सुन खरी’ लगायतका गीत चर्चित छन् ।

कार्यक्रमलाई मगर संघ हङकङले बिशेष सहयोग गरेको संस्थाका अध्यक्ष चन्द्र ज्योती आलेमगरले जनाएका छन् ।