अनमोल बने कपालमा लगाउने तेलको ब्राण्ड एम्बेसडर, लिए अहिले सम्मकै महंगो रकम

...

भदौ, काठमाडौं । अभिनेता अनमोल केसी कपालमा लगाउने एक तेल कम्पनीको ब्राण्ड एम्बेसडर बनेका छन् । नेपाली उत्पादनका अहिलेसम्मकै महंगा ब्राण्ड एम्बेसडर बनेका अनमोललाई कपालमा लगाउने तेल ‘प्रोस्टाइल’ले ३ बर्षका लागी दूतको रुपमा अनुबन्धन गरेको हो ।

anmol-kc
स्रोतका अनुसार अनमोलले यसका लागी १० लाख रकम लिएका छन् । यो अहिलेसम्मकै नेपाली उत्पादनमा महंगो हो । यो भन्दा अघि चर्चित अभिनेता महानायक राजेश हमालले पन यति ठुलो रकम लिएका थिएनन् ।

बिज्ञापनमा ड्रिम्स जोडी अनमोल केसी र साम्राज्ञी शाहले मोडलिङ गरेका छन् । अभिनेत्री शाहको भने यो मोडलिङ मात्र हो । यस अघि भने गायक तथा अभिनेता निमा रुम्बा प्रोस्टाइलका एम्बेसडर थिए ।