आजबाट दुई चलचित्र ‘गाँठो’ र ‘ड्राइभर दाई’ रिलिज, कुन चलचित्र कस्तो ?

...

भदौ, काठमाडौं ।  आज शुक्रबार (भदौ ३१) बाट सिनेमा हलहरुमा दुई चलचित्र प्रदर्शन हुँदैछन् । सुरज भुषाल निर्देशित चलचित्र ‘गाँठो’ र बिएस बलामी निर्देशित चलचित्र ‘ड्राइभर दाइ’ रिलिजमा आएका हुन् ।

gaatho-and-driver-dai-friday-release-artist-khabar
‘गाँठो’
नाजिर हुसेन र नम्रता श्रेष्ठको मुख्य भुमिकामा रहेको ‘गाँठो’ले सोसियल फोबियाको बिरामी पेन्टरको वरिपरी घुमेको कथा बोकेको छ । एक पेन्टरको जीवनी र उसलाई परेको पारिवारीक पिणालाई एक जनाले बुझ्ने कोसीस गरेकी हुन्छिन् । के कारणले सोसियल फोबियाको बिरामी हुन पुग्यो त्यसको बारेमा बुझ्ने कुरामै चलचित्र घुमेको छ ।


‘ड्राइभर दाइ’
एक ड्राइभरको दैनिकी प्रस्तुत गरेको छ ‘ड्राइभर दाइ’ले । किशोर खतिवडा र सिमा केसीको मुख्य भुमिका रहेको ड्राइभर दाईमा एक ड्राइभरलाई पर्ने दुखः र उसको दैनिकीमा केक हुन्छ त्यो कुरा लाई देखाइएको छ ।


यी दुई चलचित्रसँग अन्य नयाँ चलचित्र प्रतिस्पर्धाका लागी भने आएको छैन तर गतसाताबाट रिलिजमा आएको ‘छक्का पञ्जा’ नै यी दुई चलचित्रको प्रतिस्पर्धीको रुपमा आउने देखिन्छ । ‘छक्का पञ्जा’ले यी दुईको व्यापारमा असर पुर्याउने देखिन्छ ।