फुटबल खेल्न किन आएनन् महानायक राजेश हमाल ? (कारण सहित)

...

जेठ, काठमाडौं ।
नयाँपत्रिकाले आयोजना गरेको भुकम्प पिडितहरुको सहयोगार्थ चर्चित कलाकार र राजनितिक दलहरुका शिर्षनेताहरु बिचको खेलमा शनिबार महानायक राजेश हमाल देखिएनन् । नेपालका निकै चर्चित कलाकार देखि साधारण कलाकारसम्म उपस्थिती रहेको उक्त फुटबल महानायक नै अनुपस्थिती हुँदा किन आएनन् त हमाल भन्ने प्रश्न सबैको मनमा उठेको छ । नेपालका हाँस्य कलाकार, नायक, गायक तथा कलाक्षेत्रका थुप्रै कलाकारहरु मैदानमा देखिएका बेला महानायक कता पट्टि छन् त भनेर आँखा घुमाउने दर्शकपनि धेरै थिए । यस्तो पुण्य कामका लागि भएको फुटबलमा हमाल अनुपस्थित हुँदा कतिले सकारात्मक दृष्टिले हेरेका छन् त कतिले नकारात्मक ।
Rajesh Hamal
यसैबिच हामीले आयोजक नयाँपत्रिकालाई महानायक राजेश हमाल कलाकार र नेताबिचको फुटबल खेलमा अनुपस्थिती हुनुको कारण के हो त भनेर सोधेका छौं ।
किन आएनन् हमाल ?
हमाललाई फुटबल खेलमा सहभागी गराउनका लागि बारम्बार फोन सम्पर्क गर्दा पनि हमाल सम्पर्कमा आउन नखोजेको कारण उनको तस्बिर पत्रिकामा नराखिएको नयाँपत्रिकाले जनाएको छ । साथै पत्रिकामा कलाकारहरुको तस्बिर राख्नेक्रममा पनि उनलाई राति १२ बजेसम्म पनि पटक पटक सम्पर्क गर्न खोजिएको तर खासै वास्ता नगरेको कारणले पत्रिकामा पनि फोटो नराखिएको बताईएको छ ।
हलचोक स्थित शसस्त्र प्रहरीबलको खेलमैदानमा घमासान फुटबल खेल भईरहँदा यता महानायक हमाल भने एक बिद्यालयमा गएर बिद्यार्थीहरुसँग भलाकुसारी गर्दै थिए । भुकम्प पछि बिद्यार्थीहरुको मनोवल बढाउनका लागि यतिखेर हमाल लगायतका कलाकारहरु बिभिन्न बिद्यालयमा पुगेर बिद्यार्थीहरुलाई मनोरञ्जन गराउने कार्य गरेका छन् ।