मलेसियामा दीपावली कन्सर्ट ३ हुँदै, एकजना दर्शकलार्इ मेलिना राइको हातबाट सुनको सिक्री दिइने

...

असोज, काठमाडौं । सगुन सास्कृतिक युवा मन्च जोहर मलेसियाको ब्यबस्थापनमा दीपावली कन्सर्ट ३ हुने भएको छ । जोहर मलेसियामा हुने सो कन्सर्टमा देशबिदेशमा चर्चा कमाएका कलाकारहरुको प्रस्तुती रहने बताइएको छ ।

melina-rai-singerकार्यक्रममा गायिका मेलिना रार्इ, लोक गायिका सम्झना लामिछाने हास्यकलाकार महादेब त्रीपाठी, लोक गायक राजेश बर्देवा, गायक श्री राइ मनोज बि सी लगायत दर्जनौ कलाकार ले दिपावली कन्सर्ट ३ मा प्रस्तुति दिइ दर्शक लाइ मनोन्जन दिने छन् । यसपालीको कार्यक्रममा माया को चिनो स्वरुप एक जना दर्शकलाइ गायिका मेलिना राइ मार्फत सुनको सिक्री उपाहार दिने कार्यक्रमका संयोजक कबिन्द्र राइले जानकारी दिनु भयो ।
dipaoli-concert-3-malaysia

कार्यक्रमको तयारी तिब्र रुपमा अगाडी बढि रहेको र कार्यक्रममा उपस्थित भै कार्यक्रम सफल पारिदिन हुन आयोजक तथा कलाकार दिलिप माझीले सम्पुर्ण दर्शकलाइ अनुरोध गर्नु भयो । कार्यक्रम अक्टोबर ३० तारिक होटेल न्युयोर्क जे बि मा १२ बजे देखी सुरु हुनेछ ।