मिलन अमात्यको ‘सुशान्तको स्मृति’ गीति संग्रह बिमोचन

...

असोज, काठमाडौं । गायिका मिलन आमात्यको एकल आवाज रहेकोसुशान्तको स्मृति गीति एल्बम बिमोचन गरीएको छ । शनिबार राजधानीको नेपाल प्रज्ञा प्रतिस्ठान, कमलादिमा आयोजित एक कार्यक्रमका बिच एल्बम बिमोचन गरीएको हो ।

milan-amatye-new-song-release-2एल्बममा कादम्बरी दाना श्रेष्ठको एकल शब्द र मनराजा नकर्मिको संगीत रहेको छ । संगीतकार डा. रामबिक्रम सिजापतिको सभापतित्वमा सम्पन्न भएको कार्यक्र्रमको प्रमुख अतितिका रुपमा बरिष्ट गीतकार रत्नसमशेर थापा रहेका थिए । कार्यक्रमका बिशेष अतिथि प्रभातकुमार प्रसाई, योगेन्द्र मणि दाहाल, संगीतकार दिपक जंगम, गायिका मिरा शाक्य, संगीतकार सुनिल मास्के, संगीतकार राजु सिहं लगायतले पनि गीत निकै राम्रो भएको प्रतिक्रिया दिएका थिए ।

milan-amatye-new-song-release-2बरिष्ट गीतकार रत्नसमशेर थापाले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको सुरुवात गरेका थिए । साथै गीतकार थापाले एउटा सर्जकले गीत निकाल्नु निकै चुनौतीपुर्ण हुने र गीत कुनै पनि राम्रो नराम्रो भन्ने नहुने भन्दै यस गीत साच्चै नै राम्रो बनेको बताएका थिए ।
milan-amatye-new-song-release-2एल्बम बिमोचन कार्यक्रममा एल्बमलाई अतिथि सहित गीतकार कादम्बरी दाना श्रेष्ठ र मिलन आमात्यले संयुक्त रुपमा एल्बम सार्बजनिक गरेका हुन् । सार्बजनिक कार्यक्रममा गायिका मिलन आमात्यले एल्बममा समाबेश हरेर लग्यो बोलको गीत गाएकि थिईन् । सार्बजनिक एल्बममा ५ गीत समाबेश छन भने सबै गीतमा फरक मिठास रहेको सुन्न सकिन्छ ।

milan-amatye-new-song-release-2कार्यक्रममा सार्वजनिक गरीएको गीतकी मोडल अशिष्मा नकर्मि, मोडल बिनोद न्यौपाने लगायतको पनि उपस्थित रहेको थियो । सार्बजनिक एल्बमका सबै गीत मिलनको आवाजमा रहेको छ । छोडि जाने, चोट माथि चोट, कस्लाई भनुं, हरेर लग्यो, बेखबर दुनियालाई बोलका गीत समाबेश छन् ।