अमेरिकाबाट गायक कर्ण दास पनि नेपाल फर्कने

...

जेठ, वाशिंगटन डिसी । गायक कर्णदास झन्डै १ दशक सम्मको लामो बसाई पछि नेपाल फर्कने भएका छन् । जिन्दगीको के भरोसा यो त एउटा सानो खेलौना हो भन्ने गीतबाट चर्चाको शिखरमा पुगेका लोकप्रिय गायक कर्ण दास अमेरिकाको डिसी महानगर क्षेत्रको बाल्टिमोर क्षेत्रमा बसोबास गर्दै आएका थिए ।

singer karna dashगत जुन ७ तारिखमा डिसी महानगर क्षेत्रको भर्जिनियामा नायक सरोज खनालको बिदाई समारोहमा नायक सरोज खनालको लागि गीत गाउन आएका कर्ण दासले गीत गाउनु अगाडी भाबुक मुद्रामा केहि कुराहरु डिसी महानगर क्षेत्र वरपरका नेपाली समुदाय समक्ष राख्दै आफु पनि नेपाल चाडै फर्कने बताए ।कर्ण दासले अगाडी कुरा राख्दै भने आफुले अमेरिका छोडी नेपाल जानको लागि टिकट समेत काटेको थिए तर केहि आफ्ना शुभ चिन्तक संग सल्लाह गर्दा र केहि कारण टिकट रद्ध समेत गर्नु परेको बताए ।

 

सबै कुराहरु अन्तिम अवस्थामा छ भन्दै आफु काम गर्ने ठाउँमा पनि नेपाल जाने भएको बताई सकेको भन्दै आफ्नो स्थानमा साहुले अर्को कर्मचारी नियुक्ति समेत गरेको बताए ।

 

गायक कर्ण दासले अभिनेता सरोज खनाललाई म अगाडी जानु पर्ने थियो तर सरोज दाईले आफुलाई उच्छिन्नु भयो िसरोज दाई भनि सम्बोधन गर्दै तपाई अगि जानु ,म पछाडी आउने छु दासले भने । नेपाल जाने म सबै भन्दा अगाडी हुन्छु भन्ने थियो तर सरोज खनाल दाईले जित्नु भयो दासले भने ।

karna dash

सबैको समक्ष उनले अमेरिकाबाट नेपाल फर्कने पक्का हो भने उनले नेपाल फर्किने साइत नतोके पनि कहिले सम्म जाने न भनेता पनि उनले अन्तिम निर्णय गरि सकेका छन् ।

 

उक्त बिदाई समारोहमा गायक कर्ण दासले नायक सरोज खनाललाई समर्पित गर्दै ईश्वर तैले रचेर फेरी किन बिगारिस भन्ने गीत उनि अलिक भाबुक भएकोले आधा मात्र गीत सुनाए । गाउन सकिन अलिक दुखित छु भने । र प्रशंसकको अनुरोधमा उनले जिन्दगीको के भरोसा यो त एउटा सानो खेलौना हो भन्दै दर्शकहरुलाई गीत समर्पित गरि छिट्टै नेपाल जादै छु भनि बिदा मागे ।

 

गायक कर्ण दास सम्बन्धमा केहि बर्ष अगाडी अमेरिकाको भ्रमणमा रहनु भएका नेपाली नाट्य विधामा अत्यन्तै सशक्त अभिनय गर्ने सुनिल पोख्रेलले अमेरिकामा अन्तरवार्ता दिने क्रममा कलाकारहरु विदेश पलायन धेरै हुन्छन भन्ने बिषयमा उनले त्यति खेर भनेका थिए । कर्ण दास चै नेपाल छोडी अमेरिका नआई दिएको भए हुन्थ्यो भन्ने विचार पोखेका थिए । कर्ण दास नेपाल फर्कने समाचार सुने पछि निश्चित पनि वरिष्ठ कलाकार सुनिल पोख्रेल तथा प्रशंसकहरुमा खुशीको लहर आउने पक्का भएको छ ।

– विजय थापा