निर्माण भएको लामो समय पछि ‘गल्ली’ को प्रदर्शन मिति तय

...

असोज, काठमाडौं । चलचित्र ‘गल्ली’को प्रदर्शन मिति तय गरीएको छ । निर्माण भएको लामो समय पछि चलचित्र ‘गल्ली’ आउँदो कात्तिक १९ गतेबाट रिलिज हुने भएको छ । एनआर घिमिरेले निर्देशीत यस चलचित्रलाई राजन चौलागाइले निर्माण गरेका हुन् ।

nepali-movie-galli-first-lookचलचित्रमा गजित बिष्ट , नवराज राउत , नन्दु श्रीबास्तव, ध्रुव कोइराला, स्वेता भट्टराई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।


चलचित्रको प्रदर्शन मिति तयसँगै चलचित्रको फस्टलुक पनि रिलिज गरिएको हो । चलचित्र बिभिन्न कारणले निर्माण भएर पनि प्रदर्शन मिति तय भएको थिएन ।