रामकृष्ण ढकालको १५ औं गीति एल्बम भब्य रुपमा बिमोचन

...

असोज, काठमाडौं । नेपाली गीत संगीत क्षेत्रका सफल अनि चर्चित गायक रामकृष्ण ढकालको १५ औं गीति एल्बम बिमोचन गरीएको छ । शनिबार काठमाण्डौको पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा उपराष्ट्रपति नन्दबहादुर पुनको हातबाट विमोचन गरिएको हो ।

ram-krishna-dakal-15th-album-bimochanढकालका सार्वजनिक एल्बममा ११ वटा गीत समावेश गरिएको छ । एल्बममा उत्तम संजेल, रमेश वीजी, आनन्द अधिकारी, बिनोद बन्जारा, एक नारायण भण्डारी, डा.आश बहादुर तामाङ, देवेन गीरी, प्रज्जवल शमंशेर जबराले शब्द लेखेका छन् ।

हरि लम्साल, न्यू बज्रचार्य, राजेश थापा, शिखर सन्तोष, सुगम पोखरेल, किरण कँडेल लगायतका संगीतकारको संगीत समावेश गरिएको छ । कार्यक्रममा गायक ढकालले आफ्ना एक दर्जन गीत प्रत्यक्ष गाएर सुनाएका पनि थिए ।