आकान्क्षाको ‘म पग्लन्छु’ रोमान्टीक गीत सार्वजनिक (भिडियो)

...

असोज, काठमाडौं । गायिका आकान्क्षा बस्यालको स्वरमा ‘म पग्लन्छुु’ बोलको म्युजीक भिडियो सार्बजनिक भएको छ । ‘साकार २’ मा समाबेस सार्बजनिक गीतमा दिनेस अधिकारीको शब्द तथा कल्याण सिंहको संगीत सुन्न सकिन्छ । रोमान्टीक शैलीमा निर्माण गरीएको गीतको भिडीयो समेत उत्तिकै उत्कृष्ट बनेको छ ।

songजसमा सन्दिप शाही , ज्योत्सना योगी , प्रिया रानी लामा रचिता क्षेत्री लगायतको अभिनय रहेको देख्न सकिन्छ । सागर राजले निर्देशन गरेको म्युजीक भिडीयोमा अनिल के मानन्धरको छायांकन , बिक्रम सुनारको नित्य र बिकास ज्ञावालीको कलर र सम्पादन रहेको छ । आकान्क्षाका ‘मलाई रुन देउ’ , ‘तिमी छौ र त’ , ‘म त राम्री छु रे’ , ‘चोखो माया’ लगायतका गीतहरु हिट छन् ।