अहिलेसम्मकै सानो उमेरकी ३ बर्षिय बालिकाद्धारा कोरीएको चित्रकला प्रदर्शनी (फोटो फिचर)

...

असोज, काठमाडौं । तिनबर्षिय बालिकाद्धारा कोरीएको चित्रकला प्रदर्शनी भएको छ । आईतबार नेपाल कला परिषदमा तिनबर्षिय बालिका विदेहा रञ्जनको एकल चित्रकला प्रर्दशनी भएको हो । प्रदर्शन दिउँसो १२ बजे देखी साँझ ४ बजेसम्म चलेको थियो । प्रदर्शनी बालिका विदेहाकी ७० वर्षीय हजुरआमा प्रिती दाहालले उद्घाटन गर्नुभएको थियो ।
Bideha Ranjan - Art

नेपाल कला परिषदको दुई कक्षमा रंगीन पेन्सिल कलर तथा पेस्टलका माध्यमबाट बनाईएका कलाकृती थिए भने तेस्रो कक्षमा श्यामस्वेत शिसाकलम, मार्कर तथा चुम्बकीय बोर्डमा बनाइएका कृति प्रर्दशित थिए । “सृजनाको बिहानी” ले बाल मनमष्तिस्क भित्रको झलक मात्र नदिई शिशु विकास, कौशलता परिवर्तन, बँैद्यिकता, सिृर्जनशिलता, शारीरीक समन्वय र रचनात्मक क्षमता अभिवृद्धी सम्बन्धिपनि चेतना प्रदान गरेको थियो ।
Bideha Ranjan - Artस्पाइनी व्यावलरका अध्यक्ष तथा विदेहाका बुबा पल्लव रञ्जनका अनुसार सृजनालाई जातजाती, राजनितिक सीमाकंन, भौगोलीक सिमितता र उमेरले रोकटोक नगर्ने भएकोले बिदेहाले पनि सानै उमेर देखी चित्रकलामा इच्छा देखाएकोले उनलाई यसैबाटोमा हिड्न दिएको बताउनुभएको छ ।

Bideha Ranjan - Artउक्त प्रदशनीमा कलाकार प्रर्मिल गिरी, लेखक सुलोचना मानन्धर, बाल विशेषज्ञ डा. मणिन्द्र रञ्जन बराल, प्रधानाध्यापक महेश्वरी अमात्य, उद्यमी स्वेता उपाध्याय तथा अन्य लेखक, सम्पादक र विद्यार्थीहरुको सहभागीता रह्यो ।
Bideha Ranjan's father - ArtBideha Ranjan - Art