दशैको टिका लगतै चलचित्र ‘रोमियो’को छायांकन सुरु हुने

...

असोज, काठमाडौं । चलचित्र ‘रोमियो’ अब भने बन्ने भएको छ । लामो समयदेखि निर्माण हुने भनिएपनि विभिन्न कारणले छायांकनमा जान नसकेको चलचित्र ‘रोमियो’को अब निर्माणहुने भएको हो । चलचित्रलाई हसनराजा खानको लगानी रहनेछ ।
romeo-nepali-movieएचआरके प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको दोश्रो चलचित्रलाई नव निर्देशक शंकर कार्कीले निर्देशन गर्दैछन् । दशैको टिका लगतै चलचित्रको छायांकन सुरु हुनेछ ।

nisha-adhikari-in-new-movieचलचित्रमा नायिका नीशा अधिकारी र निर्माता तथा नायक हसनराजा खान मुख्य भूमिकामा हुनेछन् । लीड रोलका लागि केही नायिका यसअगाडि पनि चयन भएका थिए । तर, अन्त्यमा नीशाले ‘बाबरी’को क्यारेक्टर गर्ने भएकी हुन् ।

चलचित्रको मोसन पोष्टर यस्तो बनाइएको छः