दुवइमा अब लगातार नेपाली चलचित्र प्रदर्शन हुने

...

असोज, काठमाडौं । अब देखी दुबईमा पनि नेपाली चलचित्र लगातार प्रदर्शन हुने भएका छन् । यस भन्दा अघि दुबईमा बलिउड र हलिउड चलचित्रहरु अरबिक सव टाइटल राखेर प्रदर्शन हुँदै आएका थिए भने अब नेपाली चलचित्र पनि प्रदर्शन हुने भएका हुन् । नेपाली चलचित्र पनि अरबिक सव टाइटलमा प्रदर्शन हुनेछन् ।
rajkumar-rai-in-dubai

चलचित्र विकास बोर्डको पहलमा कन्सेप्ट भिजन प्रालीले नेपालमा जस्तै गरि दुबइमा चलचित्र प्रदर्शन गर्न सुरु गरेको हो । दुबइमा चलचित्र सेन्सर गरेर प्रदर्शन गर्नुपर्नेछ ।

यसको सुभारम्भ गर्नका लागि चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई दुबई पुगेका छन् । पहिलो चरणमा चलचित्र ‘वीर विक्रम’ १६ वटा हलमा ३ ३ शो प्रदर्शन भएको छ ।