चलचित्र ‘बुलाकी’ को नयाँ गीत सार्वजनिक

...

साउन, काठमाडौँ । यहि साउन ३२ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बुलाकी’ को नयाँ गीत सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक गीतमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता विराज विष्ट फिचर्ड छन् ।

गीतमा बाबुल गिरीको संगीतमा स्वर करण परियार र अन्नु चौधरीको स्वर छ । एरेञ्जको काम धनबहादुर गिरी (बाबुल)कै छ । छत्रेश्वरी म्यानेजमेन्ट प्रालीको ब्यानरमा यो चलचित्र तयार भएको हो ।

राजबहादुर सानेको कथा र लक्ष्मण सुनारको निर्देशनमा बनेको चलचित्रमा अभिनेत्री सुरक्षा पन्त, अभिनेताद्वय नरेन खड्का र विराज विष्टसँगै नव कलाकार सरस्वती खत्री प्रमुख अभिनयमा छन् ।

शिव ढकालको छायांकन रहेको चलचित्रमा लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाइ लगायतका कलाकारको अभिनय छ । चलचित्रको लाइन प्रोड्युसरमा शिवराज पौडेल छन् । यो चलचित्रलाई काठमाडौंमा रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले वितरणको जिम्मा लिएको छ ।