सिमा थापा र जय देवकोटाको तीज गीत ‘नाटकै बढी मायालु’ सार्वजनिक

...

साउन, काठमाडौँ । गायिका सिमा थापा र गायक जय देवकोटाको स्वरमा नयाँ तीज गीत नाटकै बढी मायालु सार्वजनिक गरिएको छ । जय देवकोटा र सागर बिसीको शब्द रहेको गीतमा जय देवकोटाकै संगीत छ भने संगीत संयोजनको काम हेमन्त शिशिरले गरेका छन् ।

तीजको अवसरमा दिनहुँ गीतहरु सार्वजनिक भइरहेको अवस्थामा मौलिक गीतलाई बिशेष ध्यान दिएको गायक देवकोटाले जनाएका छन् । उनले आफूले सधैं मौलिकतामा ध्यान दिइरहेको जानकारी दिए । यस्तै गायिका सिमाले मौलिक तीज गीतमा आफूले स्वर दिन पाउँदा खुसी लागेको बताइन् । धेरै किसिमका गीतका अफर आउँछन् तर साँच्चै नै तीज झल्किने गीतमा स्वर भर्न पाउँदा खुसी लागेको छ । गायिका सिमाले भनिन् ।

भिडिओमा प्रबिन थापाको निर्देशन छ भने सहिन प्रजापति र उषा सुवेदीले नृत्य गरेका छन् । महेश महराले खिचेको भिडिओ अमृत चापागाईंले सम्पादन गरेका छन् । गीतको भिडिओ सोमबार जय देवकोटा युट्युव च्यानलमा सार्वजनिक गरिएको छ ।