राजेश हमाल र सनिशाको जोडी बाध्दा कस्तो देखिएला ?

...

साउन, काठमाडौं । अभिनेता राजेश हमाल र मोडल सनिशा भट्टराईको ठुलो पर्दाका लागी जोडी बाधिने कुरा छ । हुन त उमेरको कुरा गर्ने हो भने सनिशा जति उमेर पुगेकी छिन् त्यसको डबल गर्दा पनि राजेश हमालको उमेर बढी हुन्छ । तर पनि आउँदै गरेको एक नयाँ फिल्ममा उनीहरुको जोडी बाधिदैछ भन्ने चर्चा चलेको छ । एकपटक राजेश हमाल र सनिशा भट्टराईलाई सँगै राखेर हेरौं, कस्तो देखिन्छ अनि फेरी चर्चा गरौँला ।

यहा हामीले हामीसँग उपलब्ध भएका तस्बिरलाई जोडेर मात्र राखेका हौं । फिल्मको पोस्टर बन्दा फरक हुन सक्ला । अथवा यदि जोडी बाधिने नै हो भने सनिशा अहिले २५ बर्षकी छिन् भने भोली फिल्ममा स्क्रिनमा ४० बर्षको पनि देखाइएला, फिल्म हो केहि भन्न सकिदैन । तर अहिलेकी उमेरकै हिसाबले जोडी बाध्नेहो भने सुहाउँछ कि नाई त्यो भने तपाई दर्शकले नै बिचार गरिसक्नुभयो होला । जे होस् फिल्मको टिमले केहि नयाँ पक्कै सोचेको छ । जोडी भनेर श्रीमान र श्रीमतीको भूमिकामै नहुन पनि सक्ला, बुबा छोरीको जोडी होकि ? दाजु बहिनीको जोडी होकि ? अथवा स्क्रिनमा सँगै देखिने तर कथा जता पनि जान सक्ला । त्यो भने पछि नै थाहा होला ।

म्युजिक भिडिओमा निकै रूचाइएकी मोडल हो सनिशा भट्टराई । राजेश हमालको कमब्याक फिल्म नरसिंहाः अवतार मा सनिशा पनि अनुबन्धित भनिएको छ । त्यसैले जोडी होकि भन्ने धेरैको आंकलन हो । फिल्ममा उनको भूमिका कस्तो हुने भन्नेबारे खुलाइएको छैन । गत साता थिम पोस्टर सार्वजनिक गर्दै यो फिल्मको निर्माण घोषणा गरिएको थियो । क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने फिल्मलाई एक्सनप्रधान बनाउने तयारी छ । निर्देशकका अनुसार फिल्ममा राजेश हमाललाई नयाँ लुक्समा ल्याउने तयारी छ । यसको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ । नरसिंहा अवतार सनिशाको भने दोस्रो फिचर फिल्म हुनेछ । उनले अभिनय गरेको पहिलो फिल्म ‘१२ गाउँ’ दसैंमा रिलिज हुँदैछ । सनिशा आफ्नो पहिलो म्युजिक भिडिओ ‘ए होर माया’बाटै लोकप्रीय बन्न पुगेकी थिइन्। । सनिशाले पछिल्लो समय अभिनय गरेको म्युजिक भिडिओ ‘ए आमा जाम भन्यो मलाई’ बोलको लोक गीत हो । त्यो गीत पनि निकै हिट भएको थीयो ।

सनिशाले लगभग डेढ वर्षअघि हिमाल सागर र अन्नु चौधरीको स्वर रहेको गीत ‘ए होर माया’बाट करिअर सुरू गरेकी थिइन्। यो गीत निकै चल्यो । युट्युबमा करोड क्लबमै पुग्यो । पहिलो भिडिओबाटै रूचाइएपछि सनिशाले दर्जनौं भिडिओ एवं विज्ञापनहरूमा मोडलिङ गरिसकेकी छन्। । ‘साइँली’, ‘कल्ले देख्यो र’, ‘तिमीलाई हेर्ने बानी पर्यो’ गीतहरु सनिशाका हिट भिडिओहरू हुन् । सनिशाले करिअर सुरू गरेको छोटो समयमै म्युजिक भिडीयो हुदैँ फील्ममा फड्को मार्न सफल भएकी छीन् ।

लकडाउनपछि नेपाली म्युजिक भिडियोमा थुप्रै नयाँ अनुहारहरूको प्रवेश भयो । यसबाट थोरै मात्र अनुहार फिल्मी दुनियाँमा आएका छन् । अधिकांशको डेब्यू सह–नायिकाको रुपमा भएको पाइन्छ । तर, सनिसाको भने १२ गाउँमामा पनि र नरसींशह फील्ममा पनि मुख्य भुमीका नै जुरेको छ । यसर्थ उनलाई भाग्यमानी कलाकार भन्न सकीन्छ ।