भूवन केसीकी प्रेमिका कहलिएकी जिया केसी को हुन् ?

...

साउन, काठमाडौँ । भुवन केसीकी प्रेमिकाका कहलीएकी जीया केसी को हुन् त ? के भुवनले अब उनीसँग तेस्रो विवाह गर्लान् त ? कतिपयले विहे गरेर आफ्नै घरमा राखेका छन् पनि भन्छन् ।

नेपाली सीने क्षेत्रका एक धरोहर, बलीयो खम्बा हुन् अग्रज नायक भुवन केसी । उनको लोकप्रीयता त्यो समयदेखी आजसम्म पनि उस्तै छ । उनी अहिले अभिनयमा त्यती सक्रीय छैनन् । भर्खर मात्रै चलचित्र विकास बोर्डबाट आफ्नो कार्यकाल सकेर बिदाई भएका उनी फिल्म बनाउने तयारीमा छन् । पछिल्लो पुस्ताले मेगास्टारको ट्याग दिएका नायक अनमोल केसी उनका छोरा हुन् । उनले नेपाली रजतपटमा छलाङ मार्दै छन्, उनको क्रेज निकै नै छ ।
..
उनको फिल्म करिअर ऐतीहासीक रहेपनि पारिवारीक जीवन भने सफल र सुखद भएन । उनले अहिलेसम्म दुईवटा विवाह गरे । तर दुबै श्रीमतीसँग उनको सम्बन्ध बिच्छेद भयो र अहिले बजारमा उनले तेस्रो विवाह गर्न लागेका हल्ला चलीरहेको छ । के अब छोरा अनमोलको विवाह गर्ने उमेरमा उनले तेस्रो विवाह गर्लान् त ? अभिनेता एवं चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष भुवन केसीले जिया केसीसँगको सम्बन्ध स्वीकार गर्दै तेस्रो विवाहको सङ्केत गरीसकेका छन् ।

भुवन केसीको नाम आएपछि उनको नामसँगै जोडिएर अर्को नाम हो जिया केसी । भुवन केसी र जिया केसी सधै एकसाथ नै देखीन्छन् । देश विदेशका हरेक कार्यक्रमहरुमा भुवनलाई साथ दिदै जिया पनि पुगीरहेकी हुन्छिन् । अझ भनौ यो जोडी कतै छुट्दैन । भुवन पनि जीया प्रती निकै प्रेमभाव जताउँछन् । यसकारण सबैलाई एक कौतोहल्ता हुन सक्छ आखीर को हुनु त जिया केसी ?

Bhuwan kc and jiya kc photo


जिया केसी पनि नेपाली सीने क्षेत्रमै जोडीएकी व्यक्ति हुन् । उनी एक नेपाली अभिनेत्री र मोडल हुन् । उनले नेपाली चलचित्र उद्योगमा सन् २०१३ मा चलचित्र ‘हो यही माया हो’ नामक चलचित्रबाट अभिनय यात्रा शुरु गरेकी थिइन् । जसमा उनले राजेश हमाल र करिश्मा मानन्धरसँग काम गर्ने मौका प्राप्त गरेकी थिइन् । उक्त चलचित्र पछि, उनले धेरै नेपाली चलचित्रहरू जस्तै ‘बरबाद’, ‘जिगोलो’, ‘रङ वे’ र सबैभन्दा विवादास्पद चलचित्र ‘एटिएम’ लगायतका चलचित्रमा अभिनय गरी सकेकी छिन्।

फिल्मका लागि अङ्ग प्रदर्शन गर्नसमेत तयार भएपछि उनी चर्चामा रहिन् । फिल्ममा अंग प्रदर्शनमा उनी निक्कै उदार थिइन्। उनले खेलेको फिल्म ‘एटिएम’ त २४–२५ पटक सेन्सरमै पर्यो । सोही वर्ष यी दुवै निकट हुँदै गए । एटिएम फील्मकै कै प्रचारताका जियाले आइ लभ भुवन केसी भनेर सार्वजनिक रुपमा भनेकी थिइन्। । उनले भनेकी थिइन्, ‘मलाई उहाँ एकदम मनपर्छ । एउटा कलाकारको हिसाबले उहाँ मनपर्छ । म उहाँको ग्रेट फ्यान हुँ ।’ जियाले जब मिडियाबाट नै खुलेआम भुवनलाई मन पराउने घोषणा गरिन्, त्यसपछि यी दुई नजिकिए । त्यसपछि त यी दुई विभिन्न क्याफेदेखि सार्वजनिक कार्यक्रममा एकसाथ देखिन थाले । भेट बिस्तारै बाक्लिँदै गयो । अहिले भने दुवै सार्वजनिक कार्यक्रममा निर्धक्क रुपमा एकसाथ देखीन्छन् यो जोडी ।

भुवन बिन्दास स्वभावका अभिनेता हुन् । अनमोल चम्किएसँगै भुवन निकै खुसी छन् । खुल्लमखुल्ला हिँडिरहेको यो जोडी औपचारिक रूपमा विवाह गरेर कहिले श्रीमान् श्रीमतीको सम्बन्धमा बाधीनेछन् त्यो भने समयले देखाउँला । या यो जोडी लीभीङ टुगेदर रीलेसनमा मात्रै रहन सक्ने सम्भावना पनि प्रवल छ । किनकी भुवनका छोरा, छोरीको नै विवाहको उमेर भईसकेको छ । यसर्थ उनले औपचारीक रुपमा विवाह नगर्न पनि सक्छन् ।