राधेश्याम ढ्ङगाना अर्थात रमित ढुंगाना

...

साउन, काठमाडौँ । राजेश हमाल, दिलिप रायमाझी, भुवन केसी लगायतको पालोमा एक समय सिने जगतमा निकै राज गरेका नायक हुन् रमित ढुङ्गाना । उनी केहि समय स परीवार अमेरीका गएर पनी बसे । तर उनी पुन नेपाल फर्कीएर अहिले फिल्मी क्षेत्रमै सक्रीय भईरहेका छन् । उनको नयाँ फिल्म नमेटीने घाउ भदौमा रिलिज हुने तयारीमा छ । केपी शर्मा वली, माधवकुमार नेपाल, ज्ञानेन्द« शाही, देवेन्द« पौडेल लगायतका नेताहरु लाई अभीनय गराएका कारण यतिबेला उनको फील्मको चर्चा बेग्लै छ ।
सुरुमा उनको नामको चर्चा गरौं । उनको असली नाम रमीत ढ्ङ्गाना नभएर राधेश्याम ढ्ङगाना हो । फिल्मी क्षेत्रमा लागेपछि उनले नाम परीर्वतन गरेका हुन् । यस्तै अर्को कुरा उनका दाई अमीत ढुङ्गानाका कारण आज उनी यो स्थानमा छन् । उनका दाई अमीत ढुङ्गाना फील्म मेकर, अभीनेता, प्रोड्युसर हुन् । यसैकारण रमितले १९ वर्षकै उमेरमा माया नमार फील्ममा अभीनय गर्ने अवसर पाए जुन फिल्म ब्लकबस्टर भयो । त्यसपछि भने उनले कहिले पछाडी फर्कीएर हेर्नु परेन ।


माया नमार फिल्मको मुग्लीन पारी तरेर गण्डकी नामक गीत अझै पनि निकै लोकप्रीय छ । यो गीतले रमीतलाई धेरै अगाडी पु¥यायो । त्यसपछि उनले लगातार धड्कन, मुग्लान् चलचीत्रमा काम गरे । उनी एक मात्र त्यस्ता नायक हुन् जसको डेब्यु फील्म र त्यसपछिका २ वटा फील्म पनि लगातार ब्लकबस्टर भए । अहिलेसम्म उनले सय भन्दा बढि चलचित्रमा काम गरीसकेका छन् । अर्को नयाँ कुरा के छ भने उनी महानायक राजेश हमाललाई आफ्नो गुरु मान्छन् ।

किनकी उनी आफैलाई कहिल्यैपनि म हिरो बन्छु भन्ने सोच थीएन । एकदिन दाजु अमीतसँगै फील्मको सुटिङ हेर्न गएका थीए र सोहिक्रममा राजेश हमालले उनका दाजु अमीतलाई रमीतलाई हिरो बनाउनुपर्छ भन्ने अफर गरेकै कारण आज आफु हिरो बनेको उनी बताउँछन् । उनको पछिल्लो फिल्म बुद्व वज बर्न ईन नेपाल हो ।
अब कुरा गरौ उनको परीवारको,
उनको बुवाले ४ जना श्रीमती विवाह गरेका थीए । अर्थात उनका ४ जना आमाहरु छन् । उक्त ४ जना आमाबाट २२ जना छोराछोरी जन्मिएका थीए । अर्थात् रमितका २१ जना दाजुभाई दिदिबहिनी रहेका छन् । जसमध्ये उनी सबैभन्दा कान्छो छोरा हुन् । उनका बुवाको भने रमीत ५–६ वर्षको हुदाँ नै निधन भएको थियो । उनका बुवा पनि फिल्मकर्मी नै थिए ।


उनले आफ्नी आमालाई निकै प्रीय मान्छन् । र स–परीवार अमेरीका गएका उनी आमासँग छुटिन नसकैरै श्रीमती छोराछोरी छोडेर एक्लै नेपाल फर्कीएका थीए । उनले १६ वर्षको कलीलो उमेरमा नै विवाह गरेका हुन् । र उनका एक छोरा र एक छोरी छीन् । अर्को तपाईहरुलाई थाहा नभएको नौलो कुरा के हुनसक्छ भने उनी हजुरबुवा समेत बनीसकेका छन् । उनकी छोरीको विवाह भईसकेको छ । र दुईजना नातिसमेत छन् । अर्को नयाँ र खुसीको कुरा के छ भने उनले नमेटिने घाउपछि उनको सुपर डुपर फिल्म माया नमार २ बनाउँदै छन् । जसमा उनले आफ्नो छोरा र भान्जालाई डेब्यु गराउने तयारी समेत गरेको उनी आफैले बताएका छन् ।