यम बराल र भावना आचार्यको नयाँ गीत ‘मलाई दिउँ दिउँ झै लाउने’

...

साउन, काठमाडौँ । लोकप्रिय गायक यम बराल र गायिका भावना आचार्यको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । मलाई दिउँ दिउँ झै लाउने बोलको गीतमा भावना आफैले शब्द लेखेकी छिन् । गीतमा संगीत भने सन्तोष श्रेष्ठको रहेको छ । संगीत संयोजनको काम नरेन्द्र बियोगीले गरेका छन् ।

गीतको भिडिओमा पनि गायक यम र गायिका भावनानै फिचर्ड छन् । सिर्जन बरालले निर्देशन गरेको भिडिओ उमेश बहादुर शाहले खिचेका हुन् भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । भिडिओ गायिका भावना आचार्यकै युट्युवमा सार्वजनिक गरिएको छ । दुई दिन अघि सार्वजनिक गीतको भिडिओलाई लिएर गायिका आचार्य आशावादी छिन् । उनले दर्शक तथा स्रोताबाट माया पाउनेमा ढुक्क छु भन्छिन् ।