प्रकाश ओझा र सुपर सुरेशले ल्याए ‘रेश्मा’ गीत

...

भदौ, काठमाडौँ । गायक प्रकाश ओशा र सुपर सुरेशको स्वरमा नयाँ गीत ‘रेश्मा’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंको दरबारमार्गस्थित अर्गानिक लाउन्चमा एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो । गीतमा सुपर सुरेशकै शब्द तथा संगीत छ भने एरेन्ज निरज श्रेष्ठले गरेका छन् ।

गीतको भिडिओमा गायक सुपर सुरेशसँगै लोसिना लामिछानेको अभिनय रहेको छ । सुरेश पाण्डेयको कोरियोग्राफी रहेको भिडिओलाई प्रकाश ओझाले नै निर्देशन गरेका हुन् । भिडिओ सार्वजनिक कार्यक्रममा गायक ओझा भने उपस्थित हुन सकेनन् । गायक ओझाका भत्काइदिन्छु बाख्राको खोर पनि, ए बाउ भात खान आउ लगायतका गीत हिट छन् ।

कार्यक्रममा गायक सुरेशले पछिल्लो समयका दर्शक तथा स्रोताको माग अनुरुपकै गीत ल्याएको भन्दै माया पाउनेमा आशावादी देखिए । उनले गीतमा ४ लाख लगानी गरेको खुलाए । साथै लगानी जतिभएपनि त्यसबाट ठुलो आम्दानीको अपेक्षा नराखेको बताए । बागबजारमा रहेको सुटमालाले सपोर्ट गरेको यस गीतको सार्वजनिक कार्यक्रममा अतिथिहरु सुटमालाका सन्चालक राज कार्की, चलचित्र पत्रकार गोपिकृष्ण चापागाईँ, पुन्य गौतम लगायतको उपस्थिती थियो । कार्यक्रम श्यामहरी शिवभक्तीले सन्चालन गरेका थिए । गीतको मिडिया पार्टनरको रुपमा आर्टिष्ट खबर रहेको थियो ।