चलचित्र ‘एक्लो’को टिम वर्कसपमा व्यस्त

...

काठमाडौँ । नयाँ चलचित्र ‘एक्लो’को टिम यतिबेला वर्कसपमा ब्यस्त छ । प्रदीप शाहीको निर्देशनमा बन्न लागेको यो चलचित्र भदौको अन्तिम साताबाट छायाङ्कनमा निस्कने तयारीमा छ । वर्कसपमा अभिनेता प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दिनेश डिसी र सुरज सिंह ठकुरी एवनराज उप्रेती, अभिनेत्री बेनिशा हमाल, कविता नेपाली, दीया पुन आदी सहभागी रहेका छन् ।

नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‌याउने उद्देश्यका साथ ‘एक्लो’ निर्माण गर्न लागिएको निर्देशक शाही बताउँदै आएका छन् । बेलायतमा फिल्म मेकिङ पढेका ‘एक्लो’ निर्देशक शाहीले यसअघि केही सर्ट फिल्म र सिरिजमा समेत काम गरिसकेका छन् ।

निर्देशक साहीले यसअघि उनले ‘गोर्खाः विनिथ द ब्रेभरी’ र ‘अन्तिम संस्कार’ निर्देशन गरिसकेका छन् । साही प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको छ ।