जापानमै बन्यो ‘रहरैमा’ बोलको तीजगीतको भिडिओ

...

काठमाडौँ । जापानमै बसेका नेपालीहरु जम्मा भएर एउटा तीजको गीतको भिडिओमा नाँचेका छन् । त्यो भिडिओ जापानमै सुटिङ भएको हो । महिला दिदी बहिनीसँगै दाजुभाईहरुपनि छन् । महिला दिदीबहिनीहरु रातो सारी र हरियो सारीमा कम्मर मर्काइरहेका छन् । उक्त ‘रहरै’मा बोलको गीतको भिडिओ तेजेन्द्र भण्डारी युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीत जापानमै सुटिङ गरिएको भएपनि गीत रेकर्ड नेपालमै भएका हो । गीतमा गायक रेशम निर्देशक र गायिका सुनिता बुढा क्षेत्रीको स्वर छ । सन्दिप पौडेलको शब्द रहेको गीतमा नयन शर्माको संगीत छ । गीतको भिडिओमा जापानमा बस्दै आएका दर्जनौं नेपालीहरुलाई देख्न सकिन्छ । त्यसमध्ये मुख्य भूमिकामा नृत्य गरेकी छिन् मोडल तुल्सी सापकोटाले । तुल्सी पछिल्लो समय जापानमै बस्दै आएकी छिन् । तुल्सीले जापानबाट उक्त रहरैमा बोलको तीजको गीतमा छमछमी नाँचेकी छिन् । उनले अन्य केहि म्युजिक भिडिओमा पनि अभिनय गरेकी छिन् ।

गुल्मीमा जन्मिएकी तुल्सी नवलपरासी पुर्वको कावासोतीमा घर छ भने पछिल्लो केहिबर्ष यता जापानमा बस्दै आएकी छिन् । उनी जापानमा बैदेशीक रोजगारीका लागी गएपनि समय मिलाएर मोडलिङमा पनि सक्रिए देखिदै आएकी छिन् । उनी आफ्ना श्रीमान बाबु अर्यालसँगै बस्दै आएकी छिन् । उनले आफूलाई मोडलिङको क्षेत्रमा श्रीमानको पनि साथ रहेको बताउँछिन् । मोडल तुल्सिले परिवारको साथकै कारण मोडलिङलाई अगाडी बढाउन पाएको बताउँछिन् ।

भिडिओमा तुल्सिसँगै कल्पना क्षेत्री, राज श्रेष्ठ, अबिरल अधिकारी, इन्दिरा के.सि र कृष्ण सापकोटा लगायतले नृत्य गरेका छन् । गीतको भिडिओलाई तेजेन्द्र भण्डारीले निर्देशन गरेका छन् भने बिकास ज्ञवालीले सम्पादन गरेका छन् ।