मह सञ्चारको नयाँ फिल्ममा ‘जात्रा’ फिल्मका निर्देशक भट्टराई हुने घोषणा

...

कात्तिक, काठमाडौं । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले ‘जात्रा’ फिल्मका निर्देशक प्रदिप भट्टराईलाई मह सञ्चारले निर्माण गर्न लागेको नयाँ फिल्म निर्देशनको जिम्मा दिने योजना रहेको बताएका छन् । ‘जात्रा’ फिल्मको लागि आफ्नै शब्द रहेको पैसा सम्बन्धि गीत रेकर्ड गर्ने क्रममा उनले यस्तो बताएका हुन् । गीत केहि दिनमा नै सार्वजनिक हुँदैछ । ‘जात्रा’ फिल्मका निर्देशक प्रदिप भट्टराईसँग मह सञ्चारले १२ वर्ष काम गरिसकेको छ, “त्यसैले उनको दक्षता र मेहनतप्रति हामीलाई पूर्ण विश्वास छ,” हरिवंशले भने ।

hari-bansha-acharyeमह सञ्चारद्धारा निर्मित फिल्म, टेलिफिल्म तथा विज्ञापनलाई उत्कृष्ट बनाउन मह जोडीको मात्र नभई हाम्रो समूहसँगै प्रदिपको ठूलो भूमिका रहेको खुलस्त पार्दै उनले नयाँ फिल्मको निर्देशक प्रदिपलाई नै बनाउने मनस्थिति रहेको प्रस्ट गरेका छन् । ‘जात्रा’ फिल्मको कथाले आफुलाई निकै प्रभावित गरेको भन्दै उनले फिल्मलाई दर्शकको माया मिल्नेमा ढुक्क रहेको बताए । विपिन कार्की (भस्मे), वर्षा राउत, रबिन्द्र सिंह बानीया (हनुमान), रबिन्द्र झा, प्रेक्षा बज्राचार्यलगायतको अभिनय रहेको जात्रा कार्तिक २६ देखि प्रर्दशनमा आउँदैछ ।

maha-jodi‘जात्रा’ प्रर्दशनपछि मह सञ्चारले निर्माण गर्ने फिल्मको तयारीमा जुट्ने हरिवंशले जानकारी दिएका छन् । स्कृप्ट लगभग तयार भइसकेकाले तिहारपछि आवश्यक अन्य तयारी थाल्ने उनको भनाई छ । फिल्ममा हरिवंश र मदनकृष्णको साथमा अहिले ख्याति कमाइरहेका कलाकारहरुसमेत रहनेछन् । हरिवंशले भने, अहिलेका हट र हिट नायक, नायिका पनि रहनेछन् ।