सयबर्ष पहिलेको कथामा आधारीत चलचित्र ‘पुरानो पुस्ता’को ट्रेलर र फस्टलुक सार्वजनीक

...

कात्र्तिक, काठमाडौं । चलचित्र ‘पुरानो पुस्ता’को फष्ट लुक र ट्रेलर सार्वजनिक गरीएको छ । एक सय वर्ष पहिलेका नेपाली र नेपालको वास्तविक कथालाइ प्रस्तुत गरेर निर्माण गरेको चलचीत्र ‘पुरानो पुस्ता’ को ट्रेलर र फस्टलुक सार्वजनीक गरिएको हो ।

puranos-pusta-nepali-movieआउँदो मंसिर ३ गतेदेखि रिलिज हुने यस चलचित्रको ‘हिजो सम्म तन्नेरि थेँ’ बोलको गीत पनि सार्वजनीक गरिएको छ । फिल्ममा सय वर्ष पहिलेका नेपालिहरुले दैनीक गुजारा गर्नका लागी कसरि र के कस्ता संघर्ष गर्दथे भन्ने कुरालाइ मौलीक र रोचक तरिकाले देखाइएको निर्देशक दीप सागरले दाबी गरेका छन् ।
purano-pusta

दुइ दिन अघि राजधानिमा एक कार्यक्रमका विच सभासद रामवीर मानन्धर, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीलगायतले फष्टलुक र ट्रेलर सार्वजनिक गरीएको हो ।

रोल्पा र प्यूठानमा छायांकन गरिएको फिल्ममा शेरबहादुर गुरुङ, विराज विष्ट, अनिश मगर, देव नेपाल, सृष्टि, कृष्ण सुनार, तेजबहादुर तामाङ, मेनुका लगायतका कलाकारले अभिनय गरेका छन् । र यो फिल्म फ्लोरिना फिल्म्स् प्रालिको प्रस्तुतीमा तयार भएको हो । सावित्री ओली कार्यकारी निर्माता रहेको फिल्ममा सञ्जीव पौडेलको लेखन र दीपसागरकै छायांकन छ ।

 

फिल्ममा तीनवटा गीत समावेश छन् । जसमा डमप्रकाश पुन र दीप सागर जिसी र कृष्णप्रसाद पौडेल संगीत छ । फिल्मका निर्देशक दिपसागर र सल्यानी कलाकार विराज विष्टले फिल्म आशालाग्दो बनेको बताएका छन् ।