बिरामी शरीर बोक्दै दर्शक हँसाउन रुकुम रोल्पा पुँगे पाँडे

...

कात्तिक, काठमाडौं । हाँस्य कलाकार अर्जुन घिमिरे अर्थात ‘पाँडे’ यतिखेर बिरामी भएर बिस्तारै निको हुँदैछन् । लामो समयदेखि पेट दुखाइ, खाना अरुचीजस्ता समस्या भोग्दै आएका अर्जुनको पेटको अपरेसन सकिएपछि उनलाई लामोसमय पछि अस्पतालबाट डिस्चार्ज गरीयो । दिनहुँ कार्यक्रमका लागी देश भित्र र बाहिरका कार्यक्रममा व्यस्त हुने अर्जुन लामो समयसम्म कार्यक्रममा आउँछु भनेर बोलिसकेको कार्यक्रममा पनि जान पाएनन् ।
arjun-ghimire-in-rukumअहिले केहि निको हुँदै गएपछि अर्जुन दर्शक हँसाउनका लागी बिभिन्न कार्यक्रममा जान थालेका छन् । आफ्नो बिरामी शरीर बोकेर पनि दर्शकलाई हँसाउनका लागी उनी देशका बिभिन्न जिल्लामा पुगेका छन् । उनले रुकुमको एक कार्यक्रम सकेको जानकारी दिएका छन् भने फेरी रुकुमकै खोलागाउको कार्यक्रम सकेर बुटवल, धनगढी लगायतका कार्यक्रममा जानुपर्ने बताएका छन् ।

arjun-ghimire-padeडाक्टरका अनुसार अर्जुनलाई एक महिना रेष्टको समय दिइएको थियो । तर आयोजक तथा दर्शकको माग अनुरुप उनी केहि कार्यक्रममा जान थालेका हुन् ।

आर्टिस्ट अर्जुन घिमिरेका जोडि कुमार कट्टेल (जिग्री) भने यतिखेर बिरामी परेका छन् । अर्जुनलाई रिफर गरेपछि कुमारलाई पनि त्यस्तै रोगले सताएको बताइएको छ ।

तस्बिर स्रोतः अर्जुन घिमिरेको फेसबुक