‘छक्का पञ्जा’को अस्ट्रेलियामा आजको १० औं शो पनि हाउस फुल

...

कात्तिक, काठमाडौं । चलचित्र ‘छक्का पञ्जा’ यतिखेर नेपालमा मात्र नभएर बिदेशमा पनि हाउसफुलका साथ चलिरहेको छ । नेपालमा ५१ औं दिन मनाइसकेको ‘छक्का पञ्जा’ले नेपाली चलचित्र क्षेत्रमा सबैभन्दा बढी कमाउने चलचित्रको लिस्टमा आफ्नो नाम राख्न सफल भइसकेको छ ।

event-cinemaaयसैक्रममा अस्ट्रेलियाको ईभेन्ट सिनेमा हलमा प्रदर्शन भइरहेको ‘छक्का पञ्जा’ले आफ्नो १० औं प्रदर्शन पनि हाउसफुलका साथ गर्दैछ । आजको १० औं शो मा चलचित्रका आर्टिस्ट तथा निर्माता जितु नेपाल (मुन्द्रे) पनि सँगै रहेका छन् ।


अष्ट्रेलीयाका दर्शकहरुसँगै बसेर चलचित्र हेर्न र हल्का रमाइलो गर्न आफु अस्ट्रेलियाको ईभेन्ट सिनेमाहलमा पुगेको बताएका छन् । आफुलाई अस्ट्रेलियाका दर्शकहरुसँगै बसेर आफ्नै चलचित्र हेर्ने अवसर जुटाइदिएकोमा आर्टिस्ट जितु नेपालले अशोक तिमल्सीना र सिल्भर ईस्क्रिन ग्रुप परीवारलार्य आभार ब्यस्त समेत गरेका छन् ।