दयाहाङ राई अभिनित ‘ह्वाइट सन्’ मंसिर २४ मा आउने

...

कार्तिक, काठमाडौं । दयाहाङ राई अभिनित चलचित्र ह्वाइट सन् आउँदो मंसिर २४ गते प्रदर्शन हुने भएको छ । मंगलबार आयोजित प्रेसमिटमा ह्वाइट सन्को प्रदर्शन मिति घोषणा गरीएको हो ।
white-sun-nepali-movieकाठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभ (किम्फ) को चौधौ संस्करणमा फिल्म प्रिमियर हुनेछ । किम्फ मंसिर २३ गते २७ सम्म राजधानीमा हुँदैछ । दिपक रौनियार निर्देशित सेतो सुर्यको प्रिमियरबाट महोत्सब सुरु हुने महोत्सव निर्देशक रम्यता लिम्बुले बताइन् ।


८८ मिनेट लामो फिल्ममा द्धन्द्धले पारेको मानसिक प्रभावलाई देखाउन खोजिएको छ । किम्फमा डकमेन्ट्री, कथानक, छोटा, प्रयोगात्मक र एनिमेसन बिधाका ८० भन्दा बढी फिल्म देखाइने भएको छ ।