पैसाले जीन्दगीमा ल्याउने उतार चढावको समिश्रण हो ‘जात्रा’

...

गोपिकृष्ण चापागाई/ कार्तिक, काठमाडौं । आउँदो कार्तिक २६ गतेबाट नेपाली कथानक चलचित्र ‘जात्रा’ अल नेपाल प्रदर्शनमा आउँदैछ । फरक कथा र फरक सम्बादहरु प्रयोग गरेको देखिने जात्राको टिजर तथा ट्रेलर यतिखेर दर्शकमाझ लोकप्रिय बन्दै गएको छ । पछिल्लो समय फरक तर अर्गानिक कथालाई समेटिएको चलचित्र दर्शकमाझ लोकप्रिय बन्दै गइरहेका बेला ‘जात्रा’ युनिट पनि दर्शकहरुले आफ्नो चलचित्र मनपराउनेमा विश्वस्त रहेको छ ।
jatra director pradip bhattaraiनिर्देशक प्रदिप भट्टराई ‘जात्रा’ बाट ठुलो पर्दाको चलचित्रको निर्देशनमा डेब्यु गरेका हुन् । यसभन्दा अघि ‘मह सञ्चार’बाट १३ बर्ष सम्म जतिपनि टेलिश्रृंखला तथा बिज्ञापनहरु आउने गर्दथेमा ति सबै प्रदिप भट्टराईले नै निर्देशन गर्दथे । कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यका चर्चित टेलिश्रृंखला मध्येका ‘टिकेको तिन मन्त्र’, ‘मदनबहादुर हरिबहादुर’ जस्ता निकै चर्चित टेलिश्रृंखला पनि भट्टराईले नै निर्देशन गरेका हुन् । त्यस्ता चर्चित हाँस्य टेलिश्रृंखला दिएका निर्देशन भट्टराईले ठुलो पर्दाको चलचित्रमा सबैतिरको अनुभव मिसाएर जात्रालाई झन् राम्रो बनाएको बताएका छन् ।

यसैबिच चलचित्र ‘जात्रा’का निर्देशक प्रदिप भट्टराईले आर्टिस्ट खबरसँग जात्राका केहि रोचक तथा बिशेष कुराकानी आफ्नै शैलीमा यसरी गरेका छन् ।

सार्वजनिक ट्रेलर त फिल्मको सानो अंश मात्र हो
जात्रा फिल्म निकै रमाइलो बनेको छ । सार्वजनिक गरीएको ट्रेलर त एउटा अंश मात्र हो । फिल्मलाई घच्घचाउने काम मात्र गर्ने हो ट्रेलरले त, फिल्ममा त धेरै रमाइला कुराहरु छन् जुन कुरा ट्रेलरमा अटाउन सकेको छैन । फिल्मको अवधि दुई तिन घण्टा जतिपनि हुन्छ त्यो अवधिभर दर्शक पुर्णरुपमा हाँस्नुहुनेछ । जात्राले पुर्णरुपमा हँसाउँनेछ, रुवाउने त नेताहरु प्नि हुनुहुन्छ नि हैन र ?

दशक भन्दा लामो अनुभव जात्रामा
फिल्म क्षेत्रमै लागेको त दुईदशक भन्दा बढी भएछ । पछिल्लो १३ बर्ष यता मह सञ्चारमा आवद्ध छु, त्यसले गर्दा पनि मैले अझ धेरै भन्दा धेरै सिक्ने मौका पाए । महजोडि मदनकृष्ण श्रेष्ठ र हरिवंश दाईहरुबाट धेरै कुरा सिक्ने मौका पाएँ त्यसले गर्दा पनि आज म यहाँ सम्म आएको छु । एक दशक भन्दा बढी मह सञ्चारको अनुभव र त्यो भन्दा अघिको सबै अनुभव बटुलेर जात्रामा लगाएको छु, पक्कै पनि राम्रो बनाएको छु भन्ने लागेको छ । बाँकी कुरा त दर्शकको हातमा छ ।

मेरो लामो अनुभवबाट दर्शकले के मन पराउँनु हुन्छ, के मन पराउनु हुँदैन भन्ने बुझेको छु किनकी यो भन्दा अघि साप्ताहिक टेलिश्रृंखलाहरु धेरे बनाएको छु त्यसले गर्दा पनि हप्ता दिनमै दर्शकको प्रतिक्रिया आउने गर्दथ्यो । के कुरा दिँदा दर्शक हाँस्नु हुन्छ भन्ने थोरै भएपनि बुझेको छु त्यहि कुराहरु जात्रामा दिने कोशिस गरेको छु ।
director pradip bhattarai and gopi krishna chapagain

जात्रा हेर्नुपर्ने मुख्य तिन कारण
१. एकदमै रमाइलो
जात्रा हेर्नुपर्ने मुख्य पहिलो कारण भनेको रमाइलो नै हो । फिल्ममा एकदमै रमाइलो हेर्न पाउनुहुनेछ । समाजको थथार्थकुराहरुलाई समेटेर जतिसक्दो धेरै रमाइलो दिने कोशिस गरीएको छ ।
२. अर्घानिक बिषय बस्तु
जात्रा हेर्नुपर्ने अर्को कारण भनेको अर्घानिक बिषय बस्तु हो । हामीले आफ्नै माटोको बिषय बस्तुलाई समेटेका छौं । आफ्नै गाउँठाउँकै कुराहरुलाई लिएर त्यसैलाई रमाइलो बनाउने कोशिस गरेका छौं । फिल्म राम्रो बनाउने भनेर कुनै बिदेशी मसला हालिएको छैन, हुनत फिल्म मसालेदार त हुनुपर्छ तर पनि अर्घानिक मसालेदार छ ।
३. अभिनयमा उत्कृष्ट कलाकार
जात्रा हेर्नुपर्ने तेस्रो कारण भनेको अभिनयमा पोक्त कलाकारहरु हुनुहुन्छ । बिपिन कार्की जो यो भन्दा अघिको छड्ने फिल्ममा बिन्दुको नामले निकै चर्चामा हुनुहुन्थ्यो । त्यस्तै पशुपति प्रसादमा भष्मे बनेर झनै चर्चित हुनुभयो । त्यस्तै अर्का कलाकार रबिन्द्र सिंह बानिया जो हनुमान जी बन्नुभएको थियो । त्यस्तै टकलजंग भर्सेज टुल्केमा पनि निकै राम्रो अभिनय गर्नुभएको थियो । त्यस्तै अर्की पारसमणि नायिका बर्षा राउत हुनुहुन्छ । उहाँको अभिनय त झन् भन्नै परेन उहाँले जुन फिल्म खेल्यो त्यो हिट भएको छ । उनको नाईनभन्नु ल र त्यस्तै छक्का पञ्जा निकै हिट चलचित्र हो । त्यस्तै अर्का कलाकार रबिन्द्र झा हुनुहुन्छ, उहाँ त झन् दुई दशक भन्दा लामो नाटक को अनुभव भएको कलाकार हुनुहुन्छ । उहाँको अभिनय लाई त झन् सबैले प्रशंशा गर्दै आउनुभएको छ त्यति राम्रो अभिनय गर्नुभएको छ । अन्य नयाँ कलाकार भएपनि अभिनय निर्क उत्कृष्ट गर्ने कलाकारलाई लिएका छौं । हामीले अनुहार भन्दा पनि अभिनयलाई जोड दिएका छौं त्यसैले पनि हामी बिश्वस्त छौं चलचित्रलाई दर्शकले निकै रुचाउनु हुनेछ ।
pradip-bhattarai-directorडेटिङ प्रचारको शैली
हामीले अहिले प्रचारमा ल्याएका अफरहरु चलचित्र आएको छ है भनेर दर्शकमाझ संदेश पुर्याउनकै लागी हो । कसरी हुन्छ दर्शकलाई जात्रा फिल्म आउँदै छ है भनेर जानकारी दिनु जरुरी हुन्छ त्यसैले पनि बिभिन्न अफर ल्याएका छौं, यसरी अफर दिँदा दर्शक तथा कलाकारलाई पनि फाईदा त अवस्य नै छ । हामीले दर्शकलाई चलचित्रका केहि मुख्य कलाकारहरुसँग प्रत्यक्ष डेटिङ जानपाउने अवसरको अफर राखेका छौं । त्यस्तै ‘हजार समाउ लाखौं कमाआ’ैं अफर पनि छ जुन हाम्रो अफिसियल फेसबुक पेजमा गएर लाइक गरेर हेर्न पनि सक्नुहुनेछ ।

फिल्म जीवन जस्तै हुनुपर्छ
भनिन्छ नि फिल्म जीवन जस्तै हुनुपर्छ रे । हामीले जीवनमा जे देख्छौं, जे गर्छौं त्यो फिल्ममा भयो भने हेर्न पनि मज्जा आउँछ । त्यसैले पनि हामीले दैनिक जीवनमा हुने कुराहरुलाई फिल्ममा उतारेका छौं । कथाको कुरा गर्दा तिनजना पसलेहरुको जीन्दगीमा आईपर्ने कथालाई समेटिएको छ । पैसाले जीन्दगीमा ल्याउने उतार चढावको समिश्रण ‘जात्रा’मा हेर्न सकिन्छ ।

हामीले बिहान उठ्ने बित्तिकै देखिने एकजना दाई, ढोका बाट निस्कने बित्तिकै देखिने अर्को दाई, चिया पसलमा भेटिने अर्को काका जस्ता चरित्र भएको कथा छ जात्रामा, त्यस्तै कुनै नौलौ कथा छैन । हामीले देखे भोगेकै कथा ब्यथा छ, तिनै कथा ब्यथालाई कसरी रमाइलो हुन्छ त्यति दुख गरेका छौं ।