पैसा नखन्याई कलाकार बन्न धेरै गाह्रो रहेछः गायिका मिरा गिरी

...

कार्तिक, काठमाडौं । नेपाली लोकगीत क्षेत्रमा आफुलाई स्थापित गराउँदै गरेकी गायिका हुन् मिरा गिरी । अहिले सम्म उनले दर्जनौं गीतहरुमा स्वर दिइसकेकी छिन् । साथै आँफैले लगानी गरेर पनि उनले अहिलेसम्म १५ वटा गीत बजारमा ल्याइसकेकी छिन् । गीतसंगीतको क्षेत्रमा लागेको जम्मा तिनबर्ष पुगेको बताउने मिराले गीतमा स्वर दिनुका साथै शब्दहरु पनि कोर्ने गर्दछिन् ।
nepali-flok-singer-mira-giri-artist-khabarआजभन्दा तिनबर्ष अघि चर्चित गायक रामजी खाँणसँग एक दिन रेकर्ड गरेर आफुलाई गायिकाको रुपमा चिनाउँदै आएकी मिराले अहिलेसम्म धेर गायकहरुसँग गीत रेकर्ड गराइसकेकी छिन् । यसैबिच हामिले गायिका मिरा गिरीसँग आर्टिस्ट खबर डटकमको कार्यालय सम्म बोलाएर गीतसंगीत क्षेत्रसँग सम्बन्धित दुख सुखका केहि कुरा गरेका छौं ।

तपाईलाई गायिका बन्छु भन्ने लागेको थियो कि थिएन ?
सानै बाट गायिका नै बन्छु भनेर हिडेकी त होइन तर पछि बिस्तारै आँफुलाई लोकगीतहरु निकै मन पर्ने र आँफुले गुन्गुनाउँदा आफ्नो स्वर पनि राम्रो भएको साथीहरुले प्रतिक्रिया दिएपछि यो बिषयमा सोचेकी हुँ । त्यसपछि चाँही गायिका बन्नु पर्यो भन्ने लागेको हो ।

तपाईको बिचारमा गीत संगीत के रहेछ ?
मैले बुझेको गीत संगीतको कुरा गर्दा मानव जीवनमा नभई नहुने कुरा हो गीत संगीत । कुनै पनि क्षण होस् चाहे सुख चाहे दुख हरेक पलमा गीतसंगीतको आवश्यक हुन्छ । त्यसैले गीतसंगीत र मानव जीवनको सम्बन्ध नङ र मासु जस्तै हो ।
singer-mira-giri-artist-khabar
कतिबर्ष पुगेछ आजसम्म गायिका नै भएको ? अनि गीतकति वटा गाउनु भयो ?

धेरै त होइन भर्खर तिनबर्ष पुगेको छ । अझैपनि संघर्षको समयमै छु । अहिलेसम्म गीतहरुमा स्वर दिएकै कुरा गर्दा त यकिन छैन तर आँफ्नै लगानीमा बजारमा आएका गीतहरु चाँही प्रन्ध वटा पुगे । अन्य गीतहरु धेरै नै भए त्यति सम्झना चाँही भएन ।

शुरु शुरुमा त गायिका बन्न निकै गाह्रो छ भन्छन् नि, तपाईले कत्तिको संघर्ष गर्नुपर्यो ?
अँ… धेरै नै गाह्रो भयो । मलाई मात्र होइन यो क्षेत्रमा आउन चाहाने अधिकाशंलाई निकै गाह्रो छ । यो क्षेत्रमा आफ्ना मान्छे र पैसा भएका मान्छेलाई सहज छ तर आँफुसँग कला भएपनि पैसा नहुनेहरु यो क्षेत्रमा आउन र बाँच्न धेरै गाह्रो रहेछ । यदि कला छैन भनेपनि तपाईलाई गायक गायिका बनाइदिन्छु भन्नेहरु बाटैपिच्छे भेटिन्छ यहाँ । मलाई पनि शुरुमा निकै संघर्ष गर्नुपर्यो ।

शुरुमा कुन गीत गाउनु भएको थियो ?
मैले शुरुमा स्वर दिएको गीत आदरणीय दाई रामजी खाँणसँगको ‘लाग्छ तिम्रै भर तिमी जहाँ भएपनि आउँहै सानु मेरो अरु कोनै छर’ बोलको गीतहो । त्यस गितमा मैले नै शब्द भरेकी थिएन । सुरुको गीतलाई पनि दर्शक तथा स्रोतले राम्रै मन पराइदिनुभएको थियो ।


गायिका तथा नायिकाहरुलाई प्रेम प्रस्ताव धेरै आउँछ भन्छन् नि, तपाईलाई कत्तिको आएको छ ?
हैन प्रेम प्रस्ताव भन्ने कुरा गायिका तथा नायिकालाई मात्र नभएर सबैलाई आउँछ । मेरो कुरा गर्दा प्रेम प्रस्ताव त आउँछन् तर आयो भन्दैमा स्विकार्ने कुरा हुँदैन । दर्शक तथा स्रोताको नजरमा आएको प्रेम प्रस्ताव त सधैं स्विकार्य नै हुन्छ नी ।
singer-mira-giri-artist-khabar-interview

गीत गाउँनकै लागी अहिलेसम्म कुन कुन ठाउँमा पुग्नु भएको छ ?
गीत गाउनका लागी देश बाहिर त भारत बाहेक अरु देशमा त पुगेकी छैन तर देश भित्रको कुरा गर्दा धेरै ठाउँमा पुग्ने मौका पाएकी छु । कार्यक्रमका लागी स्याङ्जा, पाल्पा, रुपन्देही, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, मकवानपुर लगायतका जिल्लाहरुमा पुगेकी छन् ।


गीतमा लगानी गरेर बजारसम्म ल्याउनका लागी लागेको खर्च उठाउन गाह्रो छ नि, लगानी उठाउनु भएको छ त ?
छैन छैन यो हाम्रो क्षेत्रमा लगानी गरेर एउटा गीत निकालिन्छ तर त्यसको लगानीमा लागेको खर्च उठाउनै मुस्किल पर्छ । एउटै गीत रेकर्ड मात्र गर्न कम्तिमा पनि ३० हजारभन्दा माथि पर्छ, अझ भिडियो बनाएर पब्लिसिटी लगायतका सबैकाम गर्दा डेढ दुई लाख भेट्छ त्यो पैसा उठाउने त गीतबाट मात्रै आशै हुँदैन । अब त्यो गीत निकै चल्यो भने चाँही स्टेज कार्यक्रमहरुमा गएर केहि आम्दानी हुनसक्छ त्यति हो । पैसा नखन्याई कलाकार बन्न धेरै गाह्रो रहेछ यो क्षेत्रमा ।

प्रस्तुतीः गोपिकृष्ण चापागाई /आर्टिस्ट खबर