रेकर्ड राख्न लागी पर्यो “जालो” र “जालो रिटन्र्स”

...

दुई नेपाली सिनेमा अहिले छांयाकनको तयारिमा रहेका छन् । सिनेमाको अहिले सियलसल भईरहेको बताईएको छ । तर सिनेमाको रमाईलो पक्ष यो छ कि सिनेमाले सबै कलाकारले एक टेकमा ओके हुने हिसाबले रियलसल गरिरहेका छन् ।

jaalo-movie-team
सिनेमाका निर्माण पक्षले जानकारि दिए अनुसार सिनेमाले अहिले एक टेकमा ओके गराई गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने कसरत गरिरहेको छ । वान टेक मुभीको ब्यानरमा बन्ने सिनेमा ४ घण्टा लामो रहने छ र ४ घण्टा लामो सिन एक टेकमै सक्काउने निर्माण पक्षको योजना छ । प्राविधिकले एक टेकमा फिल्म छायाँकन गर्न राजी भएपछि गिनिज बुक अफ वल्र्ड रेकर्डको टोलीलाई खबर गर्ने बताइएको छ । यदि यस सिनेमाले एक टेकमा सबै सिन सक्कायो भने बिश्वकै पहिलो लामो र वन टेकमा सक्काउने सिनेमाको रेकर्ड बन्नेछ । सिनेमालाई मोहित मुनालको निर्माणमा बन्न लागेको हो भने सिनेमालाई अराज केशवले निर्देशन गर्नेछन् । सिनेमामा निर शाह, रेमनदास श्रेष्ठ, अनुमविक्रम शाही, मेनुका प्रधान, मुना गौचन लगायतका अभिनय रहनेछ । दुबै सिनेमाका यिनै कलाकार रहने पनि निर्माण पक्षले बताएको छ ।