नायिका रेखा थापा सहितका कलाकार लमजुङ कार्यक्रममा जादै

...

कार्तिक, काठमाडौं । लमजुङमा आउँदो मंसिर ४ गते बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । सो कार्यक्रममा राष्ट्रियस्तरका बिभिन्न कलाकारहरु मध्ये नायिका रेखा थापा सहितको टोली जाने भएको छ ।
rekha-thapa-in-lamjung

नेपाली चलचित्र ,लोक दोहोरी ,आधनिक र कमेडि बिधाका कलाकार तथा चलचित्र पत्रकार गरि झण्डै बिस जनाको टोली उक्त कार्यक्रममा मंसिर चार गते काठमाण्डौ बाट लमजुङ जादैछन् ।


उक्त कार्यक्रमका लागि नायिका रेखा थापा, लोक दोहोरी गायिका शर्मिला गुरुड।,लोक दोहोरी गायक प्रकाश कटुवाल, आधुनिक गायक सिमान्त सन्तोष तथा कलाकार रमेश दुलाल उक्त कार्यक्रमका लागि लमजुङ जाने भएका हुन् ।