कार्तिक, नवलपरासी । गायक कमल खत्री युवापुस्ता माझका निकै लोकप्रिय गायक हुन् । यिनै गायक यतिखेर देश भित्रका बिभिन्न महोत्सवहरुमा निकै ब्यस्त छन् । यस्तैक्रममा नवलपरासीको कावासोतीमा जारी प्रथम देवचुली महोत्सव २०७३ को दोस्रो दिनमा आफ्नो बिशेष प्रस्तुती दिएका छन् ।
कार्तिक २५ गते देखी मंसिर ४ गतेसम्म दश दिनसम्म चल्ने देवचुली महोत्सवमा आज बिहिबार गायक कमल खत्रीले करिब ४० मिनेटसम्म दर्शकलाई निकै नँचाएका थिए । कार्यक्रमको अन्त्यतिर पुगेका गायक खत्रीले उपस्थित दर्शकलाई अबेरसम्म खुबै नँचाएका थिए । उनका चर्चित थुप्रै गीतमध्ये उनले करिब आधा दर्जन गीत गाएका थिए । उनका गीत सुनेर युवा दर्शकहरु निकै नाँचेको देखिन्थ्यो ।
गायक खत्रीले आत्मामा, रात बित्यो, चोखो माया, आँखामा हेर लगायतका गीतहरु गाएका थिए । उनीसँगै देवचुली महोत्सवमा गायक दिपक खड्का, गायिका टिका पुन, उमा खनाल, गायक राजन गुरुंग, लगायत स्थानिय कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए ।