कार्तिक, नवलपरासी । नवलपरासीको कावासोतीमा जारी प्रथम देवचुली महोत्सवको दोस्रो दिन आज आधा दर्जन राष्ट्रियस्तरका कलाकार र स्थानियस्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो । राष्ट्रियस्तरका कलाकारहरु गायिका टिका पुन, गायक कमल खत्री, गायक दिपक खड्का, गायिका उमा खनाल, गायक राजन गुरुंग र स्थानिय कलाकारहरु बेजोड प्रस्तुती रहेको कार्यक्रममा अबेरसम्म हजारौं दर्शकहरुको उल्लेखनीय उपस्थिती देखिन्थ्यो ।
गायक दिपक खड्का र गायिका उमा खनालको दोहोरीमा दर्शकहरु खुबै नाँचेका थिए भने गायक दिपक खड्काको कार्यक्रम उद्घोषकले कार्यक्रमको अझ सोभा बढेको पाइन्थयो । त्यस्तै राजन गुरुंगले पनि जब स्टेज चढेर गीत गाउन सुरु गरेका थिए दर्शकहरु झुम्मिएर नाचेको देखिन्थ्यो । कार्यक्रममा लोक गायिका टिका पुन र गायक कमल खत्री बिशेष आकर्षणको रुपमा चिनिएका थिए । जब गायिका टिका पुनले कावासोती बासीहरुलाई माया भन्दै स्टेज चढिन् युवा दर्शकहरु उनी तिर झुम्मिन खोज्दैथिए । साथै उनका निकै चर्चित चर्चित गीत गाउँदा दर्शकलाई सम्हाल्दै मुस्किल परेको देखिन्थ्यो ।
साथै कार्यक्रमको अन्तिम प्रस्तुती दिन पुगेका गायक कमल खत्रीले कार्यक्रमको अबेरसम्म दर्शकलाई खुबै नँचाएका थिए । आधा घण्टा भन्दा बढी समयसम्म स्टेजमा रहेका गायक खत्रीले जती गीतगाएपनि दर्शकले बान्स मोर भन्न छोडेका थिएनन् । उनले आफ्ना आधा दर्जन चर्चित गीत गाएका थिए ।
महोत्सव कार्तिक २५ बाट सुरु भएर मंसिर ४ सम्म चल्नेछ ।