रेखा थापाको जन्मदिन र छोरीको अन्नप्राशन एकैदिन

...

काठमाडौँ । आज (बिहीबार) सुपरहिट नायिका रेखा थापाको जन्मदिन । यस्तै आजै उनकी छोरी वैभवीको अन्नप्राशन । आमाको जन्मदिन र छोरीको अन्नप्राशन एकैदिन भएकाले आज रेखा थापा निकै ब्यस्त छिन् । त्यसो त जन्मदिनमा मात्रै पनि निकै ब्यस्त हुने दिन हो । शुभकामना दिनेहरुको फोन, म्यासेस देखी भेटघाट धेरै नै हुनेगर्छ । रेखा थापा बिहानैदेखि पशुपतिमा अन्नपूर्णदेवीको पूजाआजामा व्यस्त थिइन् । त्यहाँ उनले अन्नपूर्ण भण्डारा चलाइरहेकी छिन् ।

यो भण्डारा चलाउनुको उद्देश्य निसहाय, गरिब र विपन्न सर्वसाधारणलाई भोजनको सहज उपलब्धता होस् भन्ने रहेको उनको भनाइ छ । अर्को कुरा उनकी छोरीको तस्बिर सामाजिक सन्जालमा प्रष्ट हुने गरी अहिलेसम्म राखेकी छैनिन् । अन्य नायिकाले छोरीलाई भिडिओमा खेलाइसकेका छन् । टिकटक भरी भिडिओ भाइरल हुन्छन् तर रेखाले छोरीको तस्बिर पनि देखाएकी छैनन् । अहिलेको तस्बिरमा भने रेखा थापाकी छोरीको तस्बिरमा आधा अनुहार देख्न सकिन्छ । उनी छोरीको अनुहार अझै प्रष्ट हुने तस्बिर सामाजिक सन्जालमा पोष्ट गरेकी छैनन् ।

रेखा थापा आजबाट ४२ वर्षमा प्रवेश गरेकी छीन् । ४२ औ वसन्तमा प्रवेश गर्दापनि उनी युवाअवस्थामा जस्तै सक्रीय र सुन्दरी छिन् । उनलाई हेर्दा ४२ वर्ष पुगीन् जस्तो लाग्दैन । उनसँगैका फिल्मी सहकर्मीहरु कति सिने क्षेत्रबाट बाहिरीए ,कतिले छोराछोरीलाई सिने क्षेत्र हस्तानतरण गरे । तर रेखा थापा अझै आफै फिल्म बनाउँदै पनि छिन् र फिल्ममा अभीनय पनि गरिरहेकी छिन् । यसकारण उनको लोकप्रियता अझै बढ्दो छ ।

rekha thapa with daughter

मोरङमा जन्मिएकी रेखाले चलचित्र ‘हिरो’बाट नेपाली रजतपटको यात्रा तय गरेकी थिइन् । उनी पछिल्लो समय राजनीतिमा समेत सक्रिय छिन्। । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध छिन् । उनी सीने क्षेत्रमा आवद्व भएको दुई दशक वितिसकेको छ । यो अवधिमा उनले पछाडि फर्केर हेर्नु परेको छैन । उनी कुनै बेला रेखा छोटो पहिरन लगायतका कारण सर्वाधिक चर्चामा पनि थिइन्। परम्परागत नायिकाको चरित्रलाई बदलेर एक्सन र विद्रोही चरित्र बनाउनमा उनको ठुलो योगदान छ । अभिनेत्रीको स्टारडम सिर्जना गर्ने काममा उनले महत्वपूर्ण भूमिका खेलेको मानिन्छ ।

नेपाली रजतपटमा केही वर्ष नम्बर वान हिरोईनको उपाधी कब्जा गर्न सफल रेखालाई बाठी नायिका मानीन्थ्यो । उनी दुईदशकअघि एसएलसी दिएर घुम्नका लागि काठमाडौ आएकी थिईन् । त्यहि बेला नमस्ते नेपालका सञ्चालकद्धय छविराज ओझा र नरेश पौडेल नयाँ फिल्म ‘हिरो’ का लागि हिरोईनको खोजीमा थिए । सञ्चालकद्धय पौडल र ओझासँगको पहिलो संवाद नै उनका लागि फलिफाप भयो । हिरोमा सहायक हिरोईनको भूमिकामा देखिएकी रेखाले सोही फिल्मका निर्माता छविराज ओझासँग विवाह पनि गरीन् । सोही फिल्ममा काम गर्दा छवि ओझा र रेखाविच अफयेयर सुरु भएको थियो । तर, उनीहरुको सम्बन्ध १० बर्ष भन्दा धेरै टिक्न सकेन र सहमतिमै छुट्टिए । आधा दर्जन फिल्ममा काम गरिसक्दा नसक्दै रेखा स्थापित भईसकेकी थिईन् ।

बोल्ड हिरोईनको अभाव महसुस भईरहेको बेला नेपाली फिल्म उद्योगमा प्रवेश गरेकी रेखाले कहिल्यै पछाडी फर्किनु परेन । यतिसम्म कि त्यो समयमा फिल्म वितरकले रेखालाई लिए फिल्म चल्छ भन्ने सन्देश समेत दिएका थीए । छवि ओझाको श्रीमति भएपछि नै रेखाले छविकै सहयोगमा निर्माणमा समेत हात हालिन् । माओवादीले गरेको आम हडतालमा प्रचण्डसँगै लोकगीत गाएर नाच्दा उनी र प्रचण्ड नाचेको भिडियो एकसमय निकै भाईरल पनि बनेको थियो । हिरो, मेरो एउटा साथी छ, मितिनी, जीवन रेखा, हामी तिन भाई, बाटुली, किस्मत, कलि, हिम्मतवाली, तथास्तु लगायत उनका हिट चलचीत्र हुन् । पछिल्लो समय उनले बनाएको चलचीत्र उपहार हो । गत वर्ष मात्रै दोस्रो विवाह गरेकी रेखाले छोरीलाई जन्मदिएकी छीन् । र उनी पुन नयाँ चलचित्रको तयारीमा छिन् ।