मिस वर्ल्डमार्फत नेपाललाई चिनाउन चाहान्छुः मिस नेपाल वर्ल्ड आश्मा कुमारी केसी

...

काठमाडौँ । यस बर्ष २०२४ का लागी मिस नेपाल वल्र्ड आश्मा कुमारी केसी बनेकी छिन् । उनले अब मिस वल्र्डमा नेपालबाट प्रतिनिधित्व गर्न पाउनेछिन् । यसैबिच मिस नेपाल वल्र्डको क्राउन पहिरिएसँगै फिनाले समारोह पश्चात आर्टिष्ट खबरले केहि प्रश्न गरेको थियो । प्रस्तुत छ मिस नेपाल वल्र्ड आश्मा कुमारी केसीसँग गरिएको सक्षिप्त कुराकानी ।

१. मिस नेपाल वल्र्ड बनेको यो दिनलाई कसरी सम्झनुहुन्छ ?
जब आज म बिहान उठ्नासाथ, आँखा खुल्नासाथ आजको दिन मेरोलाई खुसीको दिन हो भन्ने सोचेकी थिएँ । त्यसैले पनि असाध्यै एक्साइटेड भएकी थिएँ र यो क्राउन लगाएर अहिले बस्न पाउँदा बिहान देखीको सबै थकान बिर्सिसकेँ ।

२. यो क्राउनलाई कसरी परिभाषित गर्नुहुन्छ र तपाईको लागी यो क्राउन के हो ?
मेरो लागी यो एउटा क्राउन मात्र नभइकन यो एक जिम्मेवारी हो । पुर्व मिस नेपालहरुले आआफ्नो प्राजेक्ट गरिरहनुभएको छ । उहाँहरुले गर्दा नेपालका कुनाकुनामा कतै पुल पुगेको छ । कतै बिजुली कतै हेल्थ पोस्ट पुगेको छ । त्यसैले मेरो नि यो कर्तब्य हो भन्ने ठानेकी छु ।

miss nepal world 2024 ashma kumari kc

३. रातारात सेलिब्रेटी हुँदाको फिल कस्तो हुँदो रहेछ ?
म सेलिब्रेटी भएको छु भन्न रुचाउँदिन । मलाई फ्लो गर्नेहरुलाई मेरो सपोर्टर्स भन्न चाहान्छु । म जब मिस नेपालको जर्नि सुरु गर्ने बित्तिकै धेरैलाई साथ दिनुभएको थियो । अब मैले मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्दा पनि धेरैको सपोर्ट चाहान्छु ।

४. मिस वल्र्डको प्लेर्टफर्मबाट नेपाललाई कसरी चिनाउनुहुन्छ ?
हाम्रो देश प्रकृतिले निकै धनी छ । यहिँ सगरमाथा छ, गौतम बुद्धको देश पनि हो । यो सँगै नेपालीहरुको मनलाई पनि विश्वब्यापी चिनाउनुछ ।

५. मिस नेपाल वल्र्ड बनाउन धेरैको आआफ्नो ठाउँबाट साथ दिनुभएको छ ।उहाँहरुलाई के भन्नुहुन्छ ?
सर्बप्रथम त मेरो बुबा आमालाई धेरै धन्यवाद । किनभने यहाँ सम्म आउनका लागी उहाँहरुको ठुलो हात छ । साथै अन्य नेपाली सपोर्टस्हरु जो विश्वका जुनसुकै कुरामा हुनुहुन्छ, जहाँ बसेर पनि मलाई यहाँ सम्म पुर्याउनका लागी भूमिका खेलिदिनुभयो । हृदय देखी नै धेरै धेरै धन्यवाद भन्न चाहान्छु ।

भिडिओ कुराकानी हेर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ ।