घरमा छोराको चाहना हुँदा छोरी भएर जन्मिएकी हुँः अभिनेत्री पुजा शर्मा

...

काठमाडौँ । चलचित्र ‘सतिदेवी’ले छोरीको कथालाई उठान गरेको छ । एउटा परिवारमा छोरी मात्र जन्मिदा त्यो घरलाई समाजले हेर्ने दृष्टिकोण र परिवारको अवस्थालाई चलचित्रले देखाएको छ । यसैबिच गएको बुधबार काठमाडौंको सिटि सेन्टरमा रहेको सिनेमा हलमा आयोजीत प्रिमियरमा अभिनेत्री पुजा शर्मा पनि पुगेकी थिइन् । हामीले उनलाई चलचित्र हेरेपछिको प्रतिक्रियासँगै केहि प्रश्न गरेका छौं । प्रस्तुत छ आर्टिष्ट खबरका गोपिकृष्ण चापागाईंले गर्नुभएको संक्षिप्त कुराकानी ।

१. तपाई एक कलाकारसँगै मेकर पनि हुनुहुन्छ । मेकरको हिसाबले चलचित्र ‘सतिदेवी’ कस्तो लाग्यो ?
‘सतिदेवी’ निकै राम्रो बनेको छ । नेपालको वास्तिविक कथालाई फिल्मीशैलीमा निकै राम्रो तरिकाले देखाइएको छ । मलाई मनपर्यो ।

२. मुख्य अभिनेत्री मलिका महतको काम कस्तो लाग्यो ?
मलाई मलिका महतको काम मनपर्यो । उहाँले आफ्नो पात्रलाई पुर्णतया न्याय दिनुभएको छ ।

pooja sharma interview on artist khabar

३. नेपालको बिशेषगरी ग्रामिण भेगमा एउटा परिवारमा छोरा अनिवार्य पाउने भन्ने कुरा अझैपनि छ । यस्ता कुराहरु बिस्तारै हटेको पाउनुभएको छ ?
छोरा अनिवार्य चाहिने भन्ने कुरा ग्रामिण भेगमा मात्रै होइन शहरमा पनि छ । यस्तो कुरा गलत हो । मैले छोरा मात्र पाउछु अथवा छोरी मात्र पाउछु भनेर पाउने कुरा होइन । यो कुरालाई भगवानले दिएको उपहारको रुपमा लिनुपर्छ । जे भएपनि सन्तान पाउनु नै ठुलो कुरा हो ।

४. तपाई घरको एक्लो छोरी हुनुहुन्छ । तपाईको घरमा छोरा चाहिन्छ भन्ने कुरा कत्तिको चल्थ्यो ?
मलाई घरमा भन्नुहुन्छ, म छोरा भए हुन्थ्यो भन्दा छोरी भएर जन्मिएको हुँ रे । छोराको चाहानामा छोरी भएर जन्मिदा मैले झन् धेरै यस्ता कुराहरु सुनेकी छु । चलचित्रमा सतिदेवी भन्ने पात्र म नै हुँ कि जस्तो पनि घरिघरि लागेको थियो । आज छोरी भएकै कारण पुजा शर्मा भएर चिनिएकी छुँ । दर्शकको माया पाइरहेकी छु । छोरा भएको भए सायद कतै हुन्थेँ होला । अहिले त परिवार पनि निकै खुसी हुनुहुन्छ ।

भिडिओ कुराकानी हेर्न यहाँ क्लिक गर्नुहोस् ।