नवलपरासीका दर्शकले शिब परियारलाई छोडेर जान नमानेपछि… (फोटो फिचर)

...

कार्तिक, नवलपरासी । नवलपरासीको कावासोतीमा जारी प्रथम देवचुली महोत्सव २०७३ को तेस्रो दिन बिशेष आकर्षकको रुपमा लोकप्रिय गायक शिब परियार थिए । कार्यक्रममा ढिलै आएका गायक शिबलाई कुर्ने हजारौं दर्शक दिनभरीको घाम नभनि महोत्सवमा रमाइरहेका थिए ।
singer-shiva-pariyarजब कार्यक्रमको अन्तिम प्रस्तुतीको रुपमा गायक शिब परियार स्टेजमा चढे तब हजारौं दर्शकले उनलाई निकै साथ दिए । मेरो कावासोती बासी दर्शकहरु नमस्कार भन्दै शिबले स्टेज तताउन शुरु गरे पछि करिब पौने घण्टासम्म दर्शक ननाँचि बस्न सकेनन् ।

shiva-pariyar-3शिब परियारले कार्यक्रममा आफ्नो निकै चर्चित गीतहरु गाएका थिए । उनले गाएका आधा दर्जन चर्चित गीतहरु मध्ये ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’ गीतमा उपस्थित सम्पुर्ण दर्शक खुबै नाँचेको देखिन्थ्यो । साँझ अबेरसम्म जति गीत गाएपनि दर्शकले वान्समोर भन्दै शिबलाई बिदा माग्नै दिएका थिएनन् ।
devchuli-mahotsab-3यहि कार्तिक २५ गतेबाट मंसिर ४ गते सम्म चल्ने महोत्सवको आजको तेस्रो दिन गायक शिब परियार, प्रजापति पराजुली, अम्मर बिरही गुरुङ, रमेश राज भट्टराई, दिपक खड्का, गायिका प्रिती आले तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो ।
shiva-pariyar-1साथै भोली (कार्तिक २८) को कार्यक्रममा बिशेष आकर्षकको रुपमा चर्चित गायक पशुपति शर्मा, दुर्गा सापकोटा, रुवी सिङ्जाली, कवि सारु, नवराज थापा र स्थानिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सव मध्ये नेपालकै पहिलो टेलिभिजन देवचुली टेलिभिजनले आयोजना गरेको हो ।
shiva-pariyar-7

devchuli-mahotsab-1