टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको निर्णय

...

काठमाडौँ । भिडिओ सेयरिङ सामाजिक सन्जाल टिकटक खुल्ने भएको छ । सरकारले बिहीबार टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले टिकटकमाथिको प्रतिबन्ध खुला गरेको एक मन्त्रीले बताएका छन् ।

सञ्चार मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध हटाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेको थियो । गत वर्ष कात्तिकदेखि सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

नेपाल सरकारले राखेको सर्त

२०८० असोज २७ मा बन्द भएको टिकटक खुलाउनका लागी नेपाल सरकारले ५ वटा सर्त राखेको थियो । नेपाल सरकारका प्रबक्ता पृथ्वी सुब्बा गुरुंगका अनुसार सर्वप्रथम टिकटक नेपालमा सुचिकरण हुनुपर्ने र सुचिकरण भएको भनेर टिकटकमा खुलाउनुपर्ने । त्यस्तै पर्यटन प्रबद्र्धनमा सहयोग गर्नुपर्ने, अर्को कुरा डिजिटल सुरक्षामा काम गर्नुपर्ने, अर्को सर्त नेपालको शैक्षिक, सामाजिक जागरण तथा जनचेतनामूलक सामग्रीलाई प्राथमिकता दिनुपर्ने र समाजमा अपाच्य किसिमका भाषा, गालिगलौजका भाषा, भड्किलो भाषा, सामाजिक अपराध बढाउने लगायतका भाषालाई फिल्टर गर्नुपर्ने सर्त राखिएको थियो ।