गीतसंगीतमा सेन्सर गर्ने निकायको आवश्यकता महसुसः सोविता गौतम

...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री सोबिता गौतमले गीतसंगीतमा पछिल्लो समय देखिएको बिकृतीले सेन्सरसिपको आवश्यकता महसुस भएको बताएकी छिन् ।
शुक्रबार राष्ट्रिय लोक सन्चारकर्मी नेपालले ललितपुरमा रहेको न्यु मिलेनियम स्कुलमा आयोजना गरेको ‘तीजका गीत कस्ता बने’बोलको गीत सार्वजनिक कार्यक्रममा आफ्नो धारणा राखेकी हुन् ।

‘चलचित्रहरुलाई नियमन गर्न सेन्सर गर्ने निकाय छ । यस्तै गीतसंगीतका लागी पनि सेन्सरसिपको आवश्यकताको महसुस भएको छ ।’ गौतमले भनिन् । ‘सुरुमा त श्रृष्टा आफैले बिशेष ध्यान दिनु आवश्यक छ ।’
उनले पछिल्लो समय आएका गीतहरु समाजमा सकारात्मक सन्देश फैलाउने बाटो तर्फ नलागेको बताएकी छिन् । गौतमले अघि भन्छिन्, ‘लोकतन्त्र छ भन्दैमा मनपरी गर्न पाइदैन, समाजलाई बिथोल्न पाइदैन ।’
उनले समाज परिवर्तन गर्न आफैबाट सुरु गर्नुपर्ने बताइन् । ‘यो समाज बनाउने जिम्मा राजनितिज्ञको मात्र होइन । एक असल नेता आउँदैमा देश बदलिन्छ भन्ने होइन् । देश बदलिन, समाजमा रहेका हरेक ब्यक्ति बदलिनु आवश्यक छ । समाजका हरेक क्षेत्रका ब्यक्तिको नेतृत्व बदलिनु आवश्यक छ । त्यसमा पनि कला क्षेत्रमा रहनुभएका कलाकर्मीको पनि ठुलो भूमिका हुन्छ ।’

rastriya lok sancharkarmi nepal

तीजलाई लक्षित गर्दै निर्माण गरिएको गायिका कविता अर्यालको ‘तीजका गीत कस्ता बने’ बोलको गीत लोकार्पण कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ लोकगायक तथा चलचित्र निर्देशक नारायण रायमाझी, राष्ट्रिय लोक सन्चारकर्मी नेपालका संस्थापक अध्यक्ष गोविन्द गिरी, वर्तमान अध्यक्ष तथा कार्यक्रममा सभापति चन्द्रमणी गौतम, चलचित्र पत्रकार कुबेर गिरी लगायतले आफ्नो भनाई राखेका थिए ।

यो पनि पढ्नुहोस् ।
कविताको ‘तीजका गीत कस्ता बने’ बोलको गीत लोकार्पण (फोटो फिचर)