चलचित्र ‘बेहुली फ्रम मेघौली’को टिजर सार्वजनिक

...

काठमाडौँ । चलचित्र ‘बेहुली फ्रम मेघौली’को टिजर सार्वजनिक गरिएको छ । चलचित्र हलमा गत हप्ता नै रिलिज भएको चलचित्रको टिजर युट्युबमा आज शनिबार सार्वजनिक गरिएको हो । चलचित्रमा निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको छ ।

चलचित्रको सार्वजनिक टिजरले नेपाली समाजमा पछिल्लो समय चलनचल्तीमा रहेको विवाह संस्कृतिलाई कथामा उनेको छ । चलचित्रमा अभिनेता निश्चल बस्नेतलाई अष्ट्रेलिया रिटर्न युवाको रुपमा प्रस्तुत गरिएको छ । यता अभिनेत्री स्वस्तिमा खड्कालाई विवाहको लागि दुलाह खोजीरहेकी ३० वर्षिय युवतीको रुपमा टिजरमा देख्न सकिन्छ ।

सामाजिक कथामा कमेडी मिश्रित चलचित्रको टिजरले दर्शकमाझ उत्सुकता पैदा गर्न सफल देखिन्छ । चलचित्रमा निश्चल र स्वस्तिमाका अलवा बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ । चलचित्र दशैंको घटस्थापना अर्थात् असोज १७ गतेबाट प्रदर्शनमा आउँदैछ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकिय सिनेमा हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । चलचित्रका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।