मंसिर, नवलपरासी । नवलपरासीको कावासोतीमा जारी प्रथम देवचुली महोत्सवको छैठौं दिन बिशेष आकर्षकको रुपमा रहेका गायक रमेशराज भट्टराईले महोत्सव खुबै तताए । कार्यक्रमको अन्तिममा आफ्नो प्रस्तुती दिन पुगेका रमेशराजका गीतसुन्न दर्शकहरु उर्लिएको देखिन्थ्यो ।
बिशेषतः आधुनिक गीतहरुमा गाएका रमेशराजले साँझको समयमा जब साँझ पर्छ अनि बोलको गीत गाउँदा दर्शकको हल्ला निकै सुनिन्थ्यो । साथै उपस्थित हजारौं दर्शक रमेशराजसँग नाँचेका पनि थिए । करिब आधा दर्जन चर्चित गीत गाएका उनले करिब आधा घण्टा आफ्नो बिशेष प्रस्तुती दिएका थिए ।
गायक रमेशराजले ‘जब साँझ पर्छ अनि’, ‘बबाल भो’, ‘टेन्सन भयो यार’, ‘तिमी लास्टै राम्री छौ’, ‘मैले उनको सामु’ लगायतका गीतहरु गाएका थिए ।
महोत्सव कार्तिक २५ गते सुरु भएर मंसिर ४ गतेसम्म चल्नेछ ।