‘रावायण’को ट्रेलरको चर्चा

...

काठमाडौं । यतिबेला चर्चा पल शाह र पुजा शर्माको चलचित्र ‘रावायण’को छ । यहि भदौ २१ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘रावायण’को ट्रेलर र गीत सार्वजनिक भएसँगै चर्चा चुलिएको छ । पल शाह यो चलचित्रमा डबल रोलमा छन् । अर्थात उनले दोहोरो भूमिका निभाएका छन् । चलचित्रको ट्रेलर नेपालको युट्युवमा चलचित्र तर्फको ट्रेडिंगको पहिलो स्थानमा छ । पल शाहले यो चलचित्रमा अहिलेसम्मकै फरक भूमिकामा काम गरेका छन् त्यसैले पनि उनका फ्यान यो चलचित्र हेर्न उत्सुक र आतुर छन् । यस्तै पल शाह र पुजा शर्माले सँगै काम नगरेको धेरै भइसकेको थियो । यो जोडीलाई नै हेर्न दर्शक आतुर छन् ।
ट्रेलर सार्वजनिक भएको दुई दिन नहुँदै युट्युवमा १५ लाख भन्दा बढी पटक हेरिएको छ । यसैबिच चलचित्रका कथाकार र निर्देशक सुदर्शन थापाले टिजर र गीतसँगै ट्रेलरमा प्राप्त प्रतिक्रियाले आफूहरु उत्साहित भएको बताएका छन् । एक्सनपूर्ण ट्रेलरमा प्रेम र द्वन्द्वको कथालाई चित्रण गरिएको छ । ट्रेलरमा नायिका पुजा शर्मालाई पत्रकारको भूमिकामा देखाइएको छ । ट्रेलरको अन्तिम दृश्यमा दुई पलको द्वन्द्वलाई देखाइएको छ । दुई पात्रको द्वन्द्व पुजाकै कारण हुने भन्ने प्रष्ट देखाइएको छ ।

सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको चलचित्रकी निर्माता पुजा शर्मा हुन् । चलचित्रमा सुशन पाठक कार्यकारी निर्माता छन् । चलचित्रमा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह लगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्रमा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन छ ।

यो पनि पढ्नुहोस् 

पल शाह र पुजा शर्माको चलचित्र ‘रावायण’को ट्रेलर रिलिज