चलचित्र ‘हन्टर’ निर्माणको घोषणा

...

काठमाडौँ । नयाँ चलचित्र ‘हन्टर’ बन्ने भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर चलचत्रि निर्माणको घोषणा गरिएको हो । चलचित्रको घोषणा सँगै मुख्य अभिनेताको रुपमा अरुण क्षेत्री रहने जानकारी गराइएको छ । अन्य कलाकार र प्राविधिक टिम केहि समयपछि खुलाउने बताइएको छ ।

जीवन सिंहले यो चलचित्रलाई निर्देशन गर्नेछन् । उनको यो डेब्यु चलचित्र हो । अभिनेता अरुणले यसअघि ‘महापुरुष’, ‘प्रेमा’, ‘ज्याकी आईएम २१’लगायत चलचित्रमा काम गरिसकेका छन् । क्याच कुक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने चलचित्रले सुदूरपश्चिमको कथा भन्ने निर्माणपक्षले जनाएको छ ।

चलचित्र एक्सन इन्टरटेनर हुने निर्देशक सिंहले बताएका छन् । चलचित्रमा पिक एजुकेसन नेटवर्क र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ । चलचित्रको छायांकन पश्चिम नेपालमा हुनेछ ।