विष्णु माझीका श्रीमानः आफू सधै भिडिओमा देखिन्छन्, श्रीमती गुमनाम

...

काठमाडौँ । यसपालि (बर्ष २०८१) पनि विष्णु माझीको तीज गीतले बजार तताइरहेको छ । सार्वजनिक भएको २४ घण्टामै १५ लाख भन्दा बढीले युट्युवमा हेरेका थिए । गएको शनिबार बिहान सार्वजनिक गीत ‘आइनँ आमा यो तिजमा’मा मौलिकता छ । गीतले छोरीको बेदना बोलेको छ ।

विष्णु माझी सार्वजनिक रुपमा देखिँदैनिन् । त्यो धेरैलाई थाहा भएको कुरा हो । उनका श्रीमान सुन्दरमणि अधिकारी पनि मिडियामा देखिँदैनन् । तर उनी विष्णु माझीका अधिकांशजसो गीतको म्युजिक भिडिओमा भने देखिँदै आएका छन् । अहिले सार्वजनिक गीतको भिडिओमा श्रीमानको भूमिकामा देखिएका व्यक्ति उनै सुन्दरमणि अधिकारी हुन् । उनले कलाकारको विवरणमा आफ्नो नाम उल्लेख भने गर्ने गरेका छैनन् ।

यसअघि सार्वजनिक चरी जेलैमा, बलमा लगायतका गीतमा पनि सुन्दरमणिले अभिनय गरेका छन् । ‘आइनँ आमा यो तिजमा’ गीतकी मोडल ललिता पौडेल पनि विष्णु माझीको भन्दा बाहिरी गीतमा देखिने गरेकी छैनिन् । यसअघि विष्णु माझीकै चरी जेलैमा बोलको गीतमा उनले अभिनय गरेकी थिइन् ।

चरी जेलैमाको दोस्रो भागपछि उनले यही गीत ‘आइनँ आमा यो तिजमा’ मा अभिनय गरेकी हुन् । यो पनि आफैमा रोचक कुरा हो । यो गीत आमाप्रति समर्पित गरिएको छ ।

गीत सार्वजनिक गर्दै भनिएको छ, ‘खै के लेखौं र यसपाली, कपीका पाना रित्तिए, शब्दहरु नै सकिए, मसीहरु नै सुके, नीबहरु नै काकाकुल भए, म पो रनभुल्लमा परे त्यो अद्भुत दृश्य मेरो आँखा वरिपरि घुमी रहयो, थर थर कपिरहेका हातहरुले लेख्ने ठाउँ नभेटे पछि मनमा मनैले लेख्यो त्यो शब्द ‘आमा’यस पालिको तीज ।

भिडिओ रिपोर्टः