चलचित्र रुट नम्बर २३ निर्माण हुने

...

मंसिर, काठमाडौं । नयां नेपाली चलचित्र रुट नम्बर २३ निर्माण हुने भएको छ । वास्तविक कथामा बन्ने भनिएको सिनेमालाई डेढ करोड बजेटमा सक्काउने निर्माण पक्षको योजना रहेको छ ।

route-nu-23वीएफइ, एचएफएन र वीएस फिल्मस्को ब्यानरमा निर्माण हुने यस सिनेमालाई महेशराज ढकाल, विक्रम श्रेष्ठ र दीपेन्द्र शाक्यले संयुत्त रुपमा निर्माण गर्न लागेका हुन् । बुधबार काठमान्डौमा पत्रकार सम्मेलन गदै निर्माण पक्षले वास्तविक कथामा सिनेमा बनाउन लागेको बताए । चितवनमा एक माइक्रोमा भएको वम विष्फोटको घटनालाई सिनेमामा प्रस्तुत गरिने बताईएको छ ।


सिनेमाको कलाकार भने फाईनल भईसकेको छैन् । आउँदो बर्षको दशैमा रिलिज गर्ने योजना सुनाईएको सिनेमाको फागुण २ गतेबाट छांयाकन सुभारम्भ हुने बताईएको छ । राजेन्द्र त्रिपाठी कार्यकारि निर्माता रहेको यस सिनेमामा समिर बलामीको लेखन र निर्देशन रहने बताईएको छ । सबै कलाकार फाईनल नभएपनि सिनेमाबाट भने सुधिर श्रेष्ठले डेब्यु गदैछन् । बांकि सिनेमाका लागी मुख्य कलाकारहरुको भने खोजि भईरहेको निर्माण पक्षले जनाएको छ ।